यी हुन् ट्याक्सी नम्बर पाउने भाग्यमानी दोलखालीहरु

Posted on: 23 Jun, 2017

ताराबहादुर महत । असार ९, दोलखा । २०७२ बैशाखमा गएको भुकम्प पिडितलाई सरकारले दिने भनेको ट्याक्सी नम्बर दोलखाका २ सय १४ जनाले पाउने भएका छन ।

बिहिबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबिच भाग्यमानी २ सय १४ जना दोलखालीहरुको नाम गोला प्रथाबाट सार्वजनिक गरिएको हो । सरकारले भुकम्प पिडितहरुलाई राहत स्वरुप १ हजार ५ सय ट्याक्सी नम्बर वितरण गर्ने निर्णय गरेर गत बर्ष श्रावण र भाद्र महिनामा आवेदन माग गरेको थियो । यातायात व्यवस्था विभागमार्फत आवेदन माग गरेपछि १४ जिल्लाका १ लाख ४९ हजार ४ सय ८८ जना भुकम्प पिडितले आवेदन दिएका थिए । जसमध्ये दोलखाका २१ हजार ३ सय ४४ जनाले आवेदन दिएकोमा २ सय १४ जनाले ट्याक्सी नम्बर पाउने भएका हुन ।

ट्याक्सी नम्बर पाउनेमा दोलखा दोश्रो भएको छ भने सबै भन्दा बढी २ सय ५३ वटा ट्याक्सी नम्बर सिन्धुपाल्चोकका  आवेदकले पाउने भएका छन । यहि असार ७ र ८ गतेको कार्यक्रममार्फत ट्याक्सी नम्बर पाउने ६ जिल्लाका १ हजार चार जनाको नाम टुङ्गो लागि सकेको छ भने बाँकीको आज टुङ्गो लाग्ने भएको छ ।

ट्याक्सी नम्बर पाउने भाग्यमानी दोलखाबासीहरुको नामवली हेर्न यहाँ क्लिक गर्नुहोला ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!