तामाकोशी गाउँपालिकामा काङ्ग्रेसको निरन्तर जित

Posted on: 16 May, 2017

ताराबहादुर महत । जेष्ठ २, दोलखा । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेमामा नेपाली काङ्ग्रेसका उम्मेद्वार हर्कबहादुर योन्जनको पुरै टिम विजयी भएको छ । वडा नम्बर १ भिरकोटमा नेपाली काङ्ग्रसकै महेश्वर काफ्ले विजयी भईसकेका छन ।

हिजो दिउँसोबाट मतगणना शुरु भएको थियो । एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल गाउँपालिका प्रमुखको उम्मेद्वार रहेकोले यो गाउँपालिकालाई चासोको साथ हेरिएको छ । तर २ वटा वडाको मत परिणाम अनुसार काङ्ग्रेसका भवेन्द्र कार्की अगाडि देखिएका छन ।

झुलेमा काङ्ग्रेस एमालेविच झडप भएपछि कतिपय मतदाता मतदान नगरी फर्किएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!