दोलखाको जिरीमा एमाले प्यानल विजयी

Posted on: 17 May, 2017

ताराबहादुर महत । जेष्ठ ३, दोलखा । दोलखा जिरी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका टंकबहादुर जिरेल विजयी हुनु भएको छ । केहि बेरअघि सम्पन्न मत गणना अनुसार जिरेलले ३,२१२ मत प्राप्त गरेर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका गेल्बु शेर्पाले २,१०६ र नेपाली काङ्ग्रेसका सोनाम शेर्पाले १४०२ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपमेयरमा पनि नेकपा एमालेकी कृष्णमाया बुढाथोकी विजयी हुनु भएको छ । उहाँले सबैभन्दा बढी ३२६८ मत प्राप्त गर्नु भएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी चित्रमाया शर्माले १९४१ र  नेपाली काङ्ग्रेसकी लिलादेवी जिरेलले १३१२ मत प्राप्त गर्नुभएको थियो ।

अन्तिम मत परिणाम अनुसार जिरीका ९ मध्य ६ वटा वडासहित एमालेको प्यानल विजयी भएको हो । जसअनुसार वडा नम्बर ३,४,६,७,८,९ मा एमालेको प्यानल विजयी भएको छ । वडा नम्बर ९ मा एमालेका ज्ञानबहादुर सुनुवारको प्यानल विजयी भएको हो । वडा नम्बर १ मा नेपाली काङ्ग्रेस तथा  २ र ५ मा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन । जसमध्ये पनि वडा नम्बर ५ मा अध्यक्ष माओवादी केन्द्र र अन्य सबै सदस्य एमालेका विजयी भएका हुन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!