दोलखाको शैलुङ्ग र गौरीशंकर गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक

Posted on: 18 May, 2017

ताराबहादुर महत । जेष्ठ ४, दोलखा । दोलखाको शैलुङ्ग गाउँपालिका प्रमुखमा एमालेका भरत दुलाल विजयी हुनुभएको छ । दुलालले ४ हजार १ सय ५६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रसका सिंहबहादुर तामाङले २ हजार ५ सय ७५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा एमालेकै लालमाया योञ्जन विजयी हुनुभएको छ । उहाँले ४ हजार १ सय ४९ मत प्राप्त गर्नु भएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रसका उर्मिला कार्कीले २ हजार ६ सय १९ र माओवादी केन्द्रकी देवी शाहि खड्काले १ हजार ७ सय १ मत प्राप्त गर्नुभएको छ । ८ वटा वडा रहेको शैलुङ्ग गाउँपालिकामा ६ वटा वडामा एमाले र २ वटा वडामा काङ्ग्रेस विजयी भएको छ ।

त्यस्तै गौरीशंकर गाउँपालिकामा पनि  नेकपा एमालेका उम्मेदवार स्वयं बहादुर खड्का विजयी भएका छन् । विजयी खड्काले ४ हजार २ सय ४९ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका निमा लामाले ३ हजार ४ सय ४० मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा एमालेकै उर्मिला थामी ४ हजार १ सय ७६ मतका साथ विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमल विक्रम खड्काले ३ हजार ३ सय २४ मत प्राप्त गरेका छन् ।

गौरीशंकर गाउँपालिकाको ६ वटा वडामा एमाले, २ वटा वडामा माओवादी केन्द्र र १ वडामा नेपाली काङ्ग्रसका उम्मेद्वार विजयी भएका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!