दोलखा विगु गाउँपालिकाको अन्तिम नतिजा आयो

Posted on: 18 May, 2017

ताराबहादुर महत । जेष्ठ ४, दोलखा । दोलखाको विगु गाउँपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेद्वार युधिष्ठर खड्का विजयी भएक छन ।

आज विहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार नेपाली काङ्ग्रस र माओवादी केन्द्रको संयुक्त प्यानलबाट उम्मेद्वारी दिएका खड्काले ४ हजार २३ मत ल्याउनुभएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेका सुन्दर लामिछानेले २ हजार ८ सय ८६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा पनि संयुक्त प्यानलबाट उम्मेद्वारी दिएका माओवादी केन्द्रका संजिव ओलि विजयी भएका छन । उनले ३ हजार २ सय २० मत ल्याएका छन भने प्रतिद्वन्द्व एमालेकी गोमा केसीले २ हजार ७ सय ९९ मत पाएकी छिन ।

८ वटा वडा रहेको यस गाउँपालिकामा माओवादी केन्द्र ४, नेपाली काङ्ग्रस ३ र एमालेले १ वटा वडामा जित हाँसिल गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!