तास खेलिरहेका ६ जना प्रहरी नियन्त्रणमा, ३४ हजार रुपैँया बरामद

Posted on: 03 Jan, 2017

ताराबहादुर महत। पुस १९, दोलखा । तास खेलिरहेको अवस्थामा दोलखा प्रहरीले चरिकोट बजारबाट ६ जनालाई पक्राउ गरेको छ ।

जुवा तास खेलिरहेको भन्ने विशेष सुचनाका आधारमा सोमबार (हिजो) दिउँसो भिमेश्वर नगरपालिका वडा नम्बर १० स्थित हरि उप्रेतिको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पक्राउ पर्नेमा भिमेश्वर नगरपालिका १० का घरधनी हरि उप्रेति, सोहि ठाउँका  रामबहादुर तामाङ, पालदोर्जे लामा, ठिलेन शेर्पा, गैरीमुदी गाविसका जीवन लामा र काठमाण्डौंका कृष्ण तामाङ रहेका छन । तास खेलिरहेको ठाउँबाट ३ बुक तास र ३४ हजार रुपैँया प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकाहरुमाथि दोलखा जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!