पक्राउ परेका फरार अभियुक्त कारागार चलान

Posted on: 03 Jan, 2017


ताराबहादुर महत । पुस १९, दोलखा । चोरी मुद्धाका एक फरार अभियुक्तलाई पक्राउ गर्न दोलखा प्रहरी सफल भएको छ ।

चोरी मुद्धामा एक महिना कैद सजाय र ३३ हजार रुपैँया जरिवाना तिर्न बाँकी रहेका भिमेश्वर नगरपालिका ११ का फुर्वा तामाङलाई सोमबार पक्राउ गर्न सफल भएको दोलखा प्रहरीले जनाएको छ । तामाङले  भिमेश्वर नगरपालिका १० मा रहेको चोथाङ्ग सहकारीलाई धम्की दिएको निवेदन प्रहरीमा परेपछि प्रहरीले निज तामाङलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका तामाङ फरार अभियुक्त रहेको खुलासा भएपछि दोलखा जिल्ला अदालतको आदेश अनुसार उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!