अपराध अनुसन्धान सम्बन्धि तालिम चरिकोटमा शुरु

Posted on: 08 Jan, 2017

ताराबहादुर महत । पुस २४, दोलखा ।

अपराध अनुसन्धान तथा नियन्त्रण बिशेष अनुशिक्षण (घुम्ति प्रशिक्षण) तालिम आजबाट चरिकोटमा शुरु भएको छ । 

जिल्ला प्रहरी कार्यालय दोलखाको आयोजनामा भएको तालिमको आज दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रविन कार्कीले एक कार्यक्रमकाबिच उद्घाटन गर्नभएको हो । तालिममा जिल्लाभरका प्रहरी युनिटहरुबाट १४ जना प्रहरी हवलदार र २७ जना प्रहरी जवान गरी ४१ जनाको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने उद्धेश्यले आयोजना गरिएको तालिम ६ दिनसम्म सञ्चाल हुने आयोजकको भनाई छ ।


 


यस बिषयमा तपाइको प्रतिक्रिया...!