सामुदायिक मेलमिलाप सम्बन्धि नगरस्तरिय जागरण कार्यक्रम सम्पन्न

Posted on: 25 Jan, 2017

(सास) माघ १२, दोलखा । सामुदायिक मेलमिलाप सम्वन्धी नगरपालिका स्तरीय जागरण कार्यक्रम दोलखाको भीमेश्वर नगरपालिकामा आज सम्पन्न भएको छ ।

प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र, नेपालद्वारा आयोजित कार्यक्रममा सामुदायिक मेलमिलाप कार्यक्रम जिल्ला संयोजक ताराबहादुर महतले जिल्लामा सन् २०१५ को सेप्टेम्बरदेखि २०१६ को डिसेम्बर महिनासम्ममा २ सय ४४ वटा विवादहरु दर्ता भएकोमा २ सय १८ विवाद स्थानीय स्तरमै समाधान भएको बताउनु भयो । जिल्लामा हालसम्म ४६ वटा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरीएको संयोजक महतले जानकारी दिनुभयो । हालसम्म जिल्लामा ३ सय जनालाई आधारभुत र २ सय २६ जना सामुदायिक मेलमिलाप सम्बन्धि उच्च तालिम प्रदान गरी सकीएको जनाईएको छ ।

सामुदायिक मेलमिलाप केन्द्र भीमेश्वर नगरपालिकाका संयोजक स्टालीङ श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत नर बहादुर विश्वकर्मा, एमाले नगर कमिटी अध्यक्ष ज्ञानेन्द्र प्रधान, नगरपालिककाका सामाजिक परिचालक, वडा नागरिक मञ्चका संयोजक, मेलमिलापकर्ता लगायतको उपस्थिती रहेकोे थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!