दोलखाको कालिञ्चोकमा केवलकार निर्माण धमाधम हुँदै

Posted on: 23 Feb, 2017

फागुन १२, काठमाडौं । दोलखाको धार्मिक स्थल कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केवलकार निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ ।

लापिलाङ गाविसको कुरीमा मूख्य स्टेसन रहने त्यस केवलकारको भौतिक संरचना धमाधम बनिरहेको छ । केहि महिनाअघि जिल्ला बन कार्यालयले आफूलाई नसोधी निर्माण थालेको भन्दै अवरोध जनाएको थियो ।

गुठी संस्थानसँग अनुमति लिएको र कालिञ्चोक गुठी मातहात रहेको भन्दै कम्पनीले निर्माण रोकेको छैन ।

आयोजनाको काम २० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनी काञ्चिोक दर्शन लिमिटेडका म्यानेजर रामचन्द्र आचार्यलाई उदृत गर्दै आजको अन्नपूर्ण पोस्टले समाचार छापेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!