जोखिममा परेका बालबालिकालाई आवास गृह नहुँदा समस्या

Posted on: 26 Feb, 2017

ताराबहादुर महत । फागुन १५, दोलखा । जोखिममा परेका बालबालिकाहरुको लागि जिल्लामा सुरक्षित आवास गृह नहुँदा समस्या भएको दोलखाका सरोकारवालाले वताएका छन् ।

बाल अधिकार संरक्षण सरोकारवालाहरुको लागि जिल्ला स्तरीय घटना सिफारीस सम्वन्धी कार्याशाला बैठकका सहभागीहरुले जिल्लाको एक मात्र गौरीशंंकर बालगृह पनि व्यवस्थित रुपमा संचालन गरेर हिंसामा परेका बालबालिकाहरुको उचित व्यवस्थापन गर्नु पर्ने बताएका हुन । त्यस्ता बालबालिकाको समयमै व्यवस्थापन नगरिँदा उनीहरुले गलत बाटो पछ्याउन सक्ने भन्दै जिल्ला बाल कल्याण समितिको ध्यानाकर्षण गराईएको छ ।

बैठकमा जिल्ला बाल कल्याण समिति दोलखाका सुचना व्यवस्थापक शान्ती खड्काले घटना शिफारीस सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । जिल्ला बाल कल्याण समिति दोलखाको आयोजना तथा इकाड्र्स दोलखाको सहयोगमा भएको कार्यक्रममा ईकाड्स दोलखाले कार्यक्रमका सहभागीहरुलाई भत्ता दिनका लागि  छुट्याईएको २५ हजार रुपैयाँ रकम बाल उद्धार कोषमा राखीएको छ । कोषबाट जिल्लामा हिंसामा परेका बालबालिकाहरुलाई सहयोग गर्ने गरेको जिल्ला बाल कल्याण समिति दोलखाका सुचना व्यवस्थापक खड्काले जानकारी दिनुभयो ।

जिल्ला बाल कल्याण समिति दोलखाका अध्यक्ष एव्म प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बाल कल्याण समिति दोलखाले प्रकाशन गरेको बाल सुधा पुस्तीकाको विमोचन समेत गरीएको थियो । पुस्तकमा जिल्लामा जोखीममा  परेका बालबालिकाको अवस्था लगायतका विषयमा उल्लेख गरीएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!