काठे पुलबाट खसेर जिरीमा एक वृद्धको मृत्यु

Posted on: 10 Mar, 2017

फागुन २७, दोलखा । काठे पुलबाट खसेर दोलखाको जिरीमा जिरी नगरपालिका–२ रासेका ६० वर्षका नाम्गेल शेर्पाको ज्यान गएको छ । 

इलाका प्रहरी कार्यालय जिरीका अनुसार शेर्पा बिहीबार दिउँसो जिरीबाट बसमा घर फर्केका थिए । बसबाट ओर्लेर आफ्नो घर जाने क्रममा घर नजिकै रहेको काठेपुलबाट खसेर उनको घटनास्थलमा नै ज्यान गएको प्रहरी निरीक्षक राजेशकुमार कार्कीले जानकारी दिनुभयो । 

प्रनि कार्कीका अनुसार मादक पदार्थ सेवन गरेकाले उनी पुलबाट खसेको हुनसक्छन् । शव परीक्षणको लागि जिल्ला अस्पताल जिरीमा लगिएको छ । रास

यस बिषयमा तपाइको प्रतिक्रिया...!