गाडी दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

Posted on: 10 Apr, 2017


चैत २८, दोलखा । दोलखाको बिगु गाउँपालिकाको लामाबगरबाट सदरमुकाम चरिकोट आउँदै गरेको सशस्त्र प्रहरीको बा ९ च ९३६० नम्बरको जिप कालिञ्चोक गाउँपालिका–६ झमार्सीमा दुर्घटना हुँदा सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ । 

मत्यु हुनेमा गाडी चालक समेत रहेका प्रहरी हवल्दार मोहनबहादुर घिमिरेले बताउनुभयो । गाडीमा सवार सशस्त्रका प्रहरी नायब उपरीक्षक शम्भुजङ्ग थापा र प्रहरी जवान शिवकुशवार माझीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले बताउनु भयो । 

दुर्घटनास्थल सदरमुकाम चरिकोटबाट २५ किलोमिटर टाढा पर्दछ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!