दोलखामा मोटरसाईकल दुर्घटना हुँदा एक घाईते

Posted on: 19 Jun, 2017

ताराबहादुर महत । असार ५, दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिका वडा नम्बर ५ काब्रेमा आज दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजना घाईते भएको दोलखा प्रहरीले जनाएको छ ।

जिरीबाट चरिकोटतर्फ आउँदै गरेको बा ७८ प ४८१० र विपरित दिशाबाट जाँदै गरेको बा ५१ प ८७५५ नम्बरको मोटर साईकल आज साँझ एक आपसमा ठोक्किँदा बा ७८ प ४८१० नम्बरको मोटरसाईकल चालक बैत्यश्वर–५ का २१ बर्षिय सरोज बस्नेत घाईते भएको प्रहरीको भनाई छ ।

घाईते बस्नेतको मैनापोखरीस्थित हिमालय हेल्थ केयर अस्पतालमा प्राथमिक उपचार पश्चात्त थप उपचारका लागि काठमाण्डौं पठाईएको छ । ठक्कर दिने मोटरसाईकल भने इलाका प्रहरी कार्यालय मैनापोखरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!