आफ्नै मामाको हत्या आरोपमा भाञ्जा पक्राउ

Posted on: 25 Jul, 2017

ताराबहादुर महत । श्रावण १०, दोलखा । आफ्नै मामाको हत्या आरोपमा दोलखाका एक व्यक्तिलाई प्रहरीले करिब ६ बर्षपछि पक्राउ गरेको जनाएको छ ।

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षिय विनोद धनुकेको हत्यामा संलग्न रहेको भन्दै उनकै भाञ्जा भिमेश्वर नगरपालिका वडा नम्बर ३ का विक्रम वि.क.लाई आईतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका वि.क.माथि थप अनुसन्धान भईरहेको दोलखा प्रहरीले जनाएको छ ।

२०६८ साल मंसिर ९ गते कालिञ्चोक मन्दिरमा दर्शन गर्न गएका विनोद मंसिर ११ गते साविकको कालिञ्चोक गाविसस्थित वडा नम्बर ९ को गणेश थुम्की नजिकै सडक छेउमा मृत अवस्थामा फेला परेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!