एमनेष्टी इन्टरनेशनल दोलखाको संयोजकमा खतिवडा निर्वाचित

Posted on: 05 Aug, 2017

ताराबहादुर महत । श्रावण २१, दोलखा । एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाको संयोजकमा श्याम खतिवडा निर्विरोध निर्वाचित भएका छन ।

आज चरिकोटमा आयोजित आठौं बार्षिक सााधारणसभाले खतिवडासहित ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिकाको सहसंयोजकमा कमल चौहान, सचिवमा बाबुराम थापा, कोषाध्यक्ष विन्देश्वरी खतिवडा चयन भएका छन । त्यसैगरी सदस्यहरुमा राजकुमार खड्का, विष्णु बस्नेत लगायत चयन भएका छन ।

एमनेष्टीले देशमा रहेका आप्रवासी कामदारको पक्षमा आवाज उठाउँदै आएको जनाईएको छ । यसअघि आजै साधारण सभा उद्घाटनका क्रममा भएको जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा राजनितिक आस्थाका आधारमा विभिाजित हुँदा मानव अधिकार उल्लंघनको विरुद्धमा आवाज उठाउन नसकिएको दोलखाका मानव अधिकारकर्मीहरुले स्वीकार गरेका छन । दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्ष रामेश्वर कार्कीले उद्घाटन गर्नु भएको कार्यक्रममा अको¥याबका कोषाध्यक्ष लक्ष्मण खड्का, मानवअधिकारकर्मीहरु होम पाठक, उद्धबप्रसाद पोखरेल, दिपशंकर चौँलागाँई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!