परिक्षामा चिट चोरेको भन्दै जिरी प्राविधिक शिक्षालयमा तनाब, परिक्षा स्थगित

Posted on: 09 Aug, 2017

ताराबहादुर महत । श्रावण २५, दोलखा । परिक्षार्थीले चिट चोरेको विषयमा शिक्षालयमा तनाब उत्पन्न भएपछि ३ बर्षे डिप्लोमा तहको परिक्षा स्थगित गरिएको जिरी प्राविधिक शिक्षालयले जनाएको छ ।

यहि श्रावण १८ गतेदेखि डिप्लोमा तह तिनै बर्षको परिक्षा संचालन भईरहेकोमा असहज परिस्थितीका कारण अर्को सुचना नआएसम्मको लागि परिक्षा स्थगित गरिएको शिक्षालय प्रमुखले हिजो साँझ मार्फत जनाएका छन । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको मौखिक सहमतिमा परिक्षा स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जिरी प्राविधिक शिक्षालय जिरीमा अध्ययनरत विद्यार्थी रामकृष्ण भण्डारीले हिजोको परिक्षामा चिट चोरेको भन्दै परिक्षाका लागी खटीनुभएका सिटीईभिटीका निरिक्षक गोविन्द गौतम र भण्डारी बिच उत्तरपुस्तिका तानातान हुँदा च्यातिएको र विद्यार्थीहरुले जिरी प्राविधिक शिक्षालयमा तालाबान्दी गर्ने क्रममा झडप समेत भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार झडप नियन्त्रणका लागी दुई राउण्ड अश्रु ग्यास प्रयोग गरिएको थियो । परिक्षार्थी भण्डारीले भने आफुले परिक्षामा चिट नचोरेको र चिट आफ्नो होईन भन्दा भन्दै गार्डले जबरजस्ती कपिमा चिट टाँसिदिएको गुनासो गरेका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!