सुनखानीका ठंकर शिवाकोटीको हत्यामा संलग्न सात जना पक्राउ

Posted on: 13 Aug, 2017

ताराबहादुर महत । श्रावण २९, दोलखा । साविक सुनखानी गाविस वडा नम्बर ४ का ठंकर बहादुर शिवाकोटीको हत्यामा संलग्न सात जनालाई दोलखा प्रहरीले करिब पाँच महिनापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा साविक सुनखानी–४ का रविन्द्र शिवाकोटी, नकुल तामाङ, विष्णु तामाङ, रामकाजी तामाङ, कुमार ढुङ्गेल रहेका छन । त्यसैगरी साविक लापिलाङ्ग गाविस वडा नम्बर ९ पाटागाउँका राजन थापा र जुँगु गाविस–४ उर्लेनीका विक्रम कार्कीसहित सात जनालाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । प्रनाउ कार्कीका अनुसार पक्राउ परेका हरुमाथि अदालतबाट म्याद थपेर घटना बारे अनुसन्धान भईरहेको छ ।


लापिलाङ्गको पाटागाउँमा मजदुरी गर्न हिँडेका ठंकर बहादुर शिवाकोटी सम्पर्क विहिन भएको झण्डै एक सातापछि सुनखानी गाविसस्थित श्रीमाल सामुदायिक वनको मेले चौरमा २०७३ चैत्र १६ गते मृत अवस्थामा भेटिएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!