दोलखालाई केन्द्र विन्दु बनाएर भुकम्पको पराकम्प महशुस

Posted on: 21 Sep, 2017

ताराबहादुर महत । असोज ५, दोलखा ।‘गोरखा भुकम्प २०७२’ को दुई बर्ष ६ महिनापछि सम्म पनि पराकम्प आउने क्रम जारी रहेको छ ।

आज दिउँसो १ बजेर ४ मिनेटमा दोलखाको जिरीलाई केन्द्र विन्दु बनाएर ४ दशमलव ६ म्याग्नीच्युडको पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । यसअघि भदौ ८ गते सिन्धुपाल्चोक जिल्लालाई केन्द्र विन्दु बनाएर ४ दशमलव ८ म्याग्नीच्युडको पराकम्प गएको थियो । उक्त पराकम्प गएको करिब एक महिनापछि आज अर्को पराकम्प गएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!