मेलमिलापकर्ता समाज नेपाल दोलखाको अध्यक्षमा स्टालिन श्रेष्ठ

Posted on: 03 Feb, 2018

माघ २०, दोलखा । स्टालिन श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गर्दै सामुदायिक मेलमिलापकर्ता समाज नेपाल जिल्ला शाखा दोलखाको प्रथम जिल्ला अधिवेशन आज चरिकोटमा सम्पन्न भएको छ ।


समितिको उपाध्यक्ष लक्ष्मीडोल्मा तामाङ, सचिव ताराबहादुर महत र कोषाध्यक्ष चुडाबहादुर श्रेष्ठ चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा जयप्रसाद शिवाकोटी, केशान्ति बुढाथोकी, मिना बस्नेत, आङिमा शेर्पा र प्रेमबहादुर कार्की रहनुभएको छ ।

अधिवेशनको उद्घाटन भीमेश्वर नगरपालीकाको स्थानिय न्यायिक समितिका संयोजक कमला बस्नेतले गर्नुभएको थियो । जिल्लामा रहेका मेलमिलापकर्ता र न्यायिक समिति मिलेर समुदायमा शान्ति स्थापनाका लागि काम गर्ने संयोजक बस्नेतले बताउनुभयो । त्यसैगरी कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य मुरारी शिवाकोटीले मेलमिलापकर्ताहरुले न्यायको प्राथमिक अदालतको रुपमा रहेको मेलमिलाप केन्द्र मार्फत विवाद समाधान गरेर मेलमिलापकर्ताहरुले राम्रो काम गरीरहेकोले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

तदर्थ समितिका अध्यक्ष स्टालिन श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा सचिव सानुमैया खड्काले समितिको प्रगति तथा ४७ हजार ८ सय ७५ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सामुदायिक मेलमिलापकर्ता समाज नेपाल दोलखामा आजिवन तथा साधारण गरी ८४ जना सदस्य रहनु भएको छ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल चार बर्षको हुनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!