विद्यार्थीहरुलाई मानविय सेवामा अग्रसर गराउँदै गौरीशंकर क्याम्पस

Posted on: 30 Sep, 2018

ताराबहादुर महत । असोज १४, दोलखा । चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसका विद्यार्थीहरुको रक्त समुह परिक्षण गरिएको छ । 


आईतबार विहान क्याम्पसमा आयोजित एक कार्यक्रमकाबिच क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको रक्त समूह परिक्षण गरिएको हो । नेपाल रेडक्रस सोसाईटी, दोलखा शाखाको समन्वय र न्याय हेल्थ नेपाल, दोलखा सामुदायिक अस्पताल तथा च्छोरोल्पा जनरल अस्पतालको प्राविधिक सहयोगमा  विद्यार्थीहरुको रक्त समूह परिक्षण गरिएको क्याम्पस प्रमुख शान्त के.सी.ले जानकारी दिनुभयो । 

कार्यक्रममा गौरीशंकर क्याम्पसको विभिन्न तहमा अध्ययनरत १ सय ७ जना विद्यार्थीहरुको रक्त समूह परिक्षण गरिएको क्याम्पस प्रशासनले जनाएको छ । साथै करिब आधा दर्जन विद्यार्थीहरुले रक्तदान गरेको बताईएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाका सभापति गोकर्णप्रसाद पोखरेलले रक्तदान गरेर मानिसलाई नयाँ जीवन दिन सकिने भएकोले रेडक्रसले भुकम्पपछि अबरुद्ध भएको ब्लड बैंक पुनः शुचारु गरिएको बताउनुभयो । त्यसैगरी न्याय हेल्थ नेपालका प्रतिनिधि डाक्टर विनोद दंगाल र दोलखा सामुदायिक अस्पतालका डाक्टर अमोघ बस्न्यातले रक्तदान गर्दाको फाईदा र रक्तदान गर्न सकिने अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

क्याम्पसका विद्यार्थी र प्राध्यापकहरुको रक्त समूह परिक्षण गरी आवश्यकता परेको खण्डमा रक्तदान गरेर आकस्मिक रुपमा हुने रगत अभावको बेला बिरामीको ज्यान बचाई मानविय सेवामा अग्रसर गराउने उद्धेश्यले रक्त समूह परिक्षण गरिएको क्याम्पस प्रमुख केसीको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!