दोलखामा सालकको खपटासहित एकजना पक्राउ

Posted on: 31 Oct, 2018

कात्तिक १४, दोलाखा | दुर्लभ वन्यजन्तु सालकको दुई किलो ६०० ग्राम खपटासहित प्रहरीले तामाकोशी गाउँपालिका–५ किर्नेटारबाट एक जनालाई पक्राउ गरिएको छ । 

पक्राउ पर्नेमा रामेछाप गोकुलगङ्गा गाउँपालिका–५ का २० वर्षीय प्रल्हाद खड्का रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिनुभयो । 

संरक्षित वन्यजन्तु सालकको खपटा बिक्री वितरणका लागि लादै गरेको प्राप्त गोप्य सूचनाका आधारमा खटिएका प्रहरी टोलीले मङ्गलबार अपराह्न ४ बजे बा ९१ प ५८४४ नम्बरको पल्सर मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको हो । 

घटनामा संलग्न दुई जनामध्ये एक जनाले बा ८३ प २९१९ नम्बरको पल्सर मोटरसाइकल छोडेर भागेको बताइएको छ । फरार अभियुक्तको खोजीकार्य भइरहेको र पक्राउ परेका खड्कालाई अनुसन्धान गरी कारवाहीका लागि डिभिजन वन कार्यालय दोलखामा बुझाइने प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!