दोलखामा लेक लागेर नेपाली पर्यटकको मृत्यु

Posted on: 24 Nov, 2018

मङसिर ८, चरिकोट | दोलखाको प्रसिद्ध धार्मिक तथा पर्याटकीयस्थल कालीञ्चोक मन्दिर दर्शन गर्न आएका एक पर्यटकको लेक लागेर मृत्यु भएको छ । 

काठमाडौँ काँडाघारीबाट दर्शन गर्न आएका ५८ वर्षीय कृष्णप्रसाद गौतमको आज मृत्यु भएको हो । अत्यधिक चिसो र लेक लागेका कारण गौतमको मृत्यु भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताउनुभयो । दोलखाको कुरी बजारमा बास बसेको होटलमानै उहाँको स्वास्थ्यमा समस्या देखा परेको थियो । आज बिहान सदरमुकामस्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु गौतमको भएको बताइएको छ । गौतमसहितको टोली काठमाडौँबाट बस रिर्जभ गरी कालीञ्चोक दर्शनका लागि शुक्रबार दोलखा आएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!