श्रीमती हत्या आरोप लागेका एक युवकले गरे कारागारभित्रै आत्महत्या !

Posted on: 30 Jan, 2019

माघ १६, दोलखा । दोलखामा श्रीमती हत्या आरोप लागेका एक व्यक्तिले कारागारभित्रै आत्महत्या गरेका छन् । जिल्लाको कालिञ्चोक गाउँपालिका–५, लापिलाङ घर भएका २४ वर्षीय च्याङा शेर्पाले मंगलबार राति चरिकोटस्थि कारागारभित्रै झुन्डिएर आत्महत्या गरेका हुन् ।  

आफ्नै श्रीमती हत्या गरेको आरोप लागेका शेर्पालाई पुर्पक्षका लागि थुनाका राख्न अदालतले आदेश दिएपछि मंगलबार मात्रै कारागार चलान गरिएको थियो । उनले राति करिब १२ बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

शेर्पाले कारागारको झ्यालमा जुत्ताको तुनामा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।  श्रीमती हत्याको आरोपमा उनलाई दोलखा प्रहरीले पुस २० चरिकोटस्थित चरिघ्याङबाट पक्राउ गरेको थियो। शेर्पाको शव पोष्टमार्टमका लागि चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!