दैलेखमा चट्याङ लागेर एकको मृत्यु, चार जना घाइते

Posted on: 31 Jan, 2020

माघ १७, दैलेख | दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन | जिल्लाको  महाबु गाउँपालिका ६ को लामीडाँडामा बिहीबार साँझ चट्याङ लागेर  ३३ वर्षीया निर्मला विकको ज्यान गएको हो |

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नैनबहादुर साउदका अनुसार अन्य चार जना घाइते भएका छन् | घाइते हुनेमा लामीडाँडाकै ३० वर्षीया मनिषा विक, २९ वर्षीया झुपा विक, २७ वर्षीया कोपिला विक र ३० वर्षीय नवराज कार्की रहेको प्रहरीले जनाएको छ |

सडकको काम गरेर घर फर्किने क्रममा जोडले हावाहुरी चलेपछि स्थानीय मदन क्षेत्रीको घरमा ओत लागेको बेला त्यही घरमा चट्याङ परेपछि उक्त घटना हुन् पुगेको महाबु गाउँपालिका ६ का वडा सदस्य दलबहादुर विकको भनाई छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!