भारतीय प्रहरी पोशाकलगाएर दैलेख सदरमुकाम आए

Posted on: 17 Mar, 2020

चैत ४,दैलेख | भारतीय प्रहरी पोशाकमै दैलेख सदरमुकाम आएका छन् | दैलेखका एक युवक ५० लाख भारु चोरी गरेर दैलेख आएको भन्दै चोर पक्राउ गर्न भारतीय प्रहरी पोशाकसहित दैलेख सदरमुकाम आइपुगेका हुन् |

भारतको हरियाणा प्रदेश यमुना नगर जिल्लाबाट तीनजना प्रहरीसहितको चारजनाको टोली दैलेख आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिएका छन् |

मंगलबार विहान भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा ३ जना प्रहरीसहित ४ जनाको टोली दैलेख आएको छ | भारतीय प्रहरी स्थानीय प्रशासन र प्रहरीलाई कुनै पनि जानकारी नदिइ दैलेख आएको पाइएको छ । 

भारतमा काम गर्दै आएका दैलेखका एक युवकले झण्डै ५० लाख रुपैयाँ चोरी गरी फरार भएपछि ती युवकको खोजी गर्न दैलेख आएको भारतीय प्रहरीले दैलेख प्रहरीलाई जानकारी गराएका छन् ।

‘उनीहरुले पोशाक लगाउनु हुँदैन भन्ने थाहा नभएको बताएपछि हामीले सादा पोशाकमा हिँड्न भनेका छौ,’ प्रहरी निरीक्षक आचार्यले बताए |

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!