४.१ रिक्टर स्केलको परकम्प गयो

Posted on: 16 Jun, 2020

असार २, काठमाडौँ । दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई परकम्प गएको छ ।

आज बिहान ९:५३ बजे ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले दोलखामा गएको भूकम्प गोरखा भूकम्पकै परकम्प भएको बताउनुभयो । 

उहाँका अनुसार विसं २०७२ को गोरखा भूकम्प (७.६ रिक्टर स्केलं) पछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५४० परकम्प गएका छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!