डोल्पामा पाठेघरको नि–शुल्क शल्यक्रिया गरिदै

Posted on: 26 Apr, 2018

टेकबहादुर शाही | बैशाख १३, डोल्पा | जिल्ला अस्पताल डोल्पामा पाठेघरको नि–शुल्क शल्यक्रिया गरिने भएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान र नेपाल सरकारको संयूक्त आयोजनामा प्रतिष्ठानले डोल्पामा पहिलो पटक महिलाको पाठेघरको शल्यक्रिया हुन लागेको जिल्ला अस्पताल डोल्पाले जानकारी दिएको छ । 

बेहोस बनाउने बिशेषज्ञ,बालरोग बिशेषज्ञ,महिला तथा स्त्रीरोग बिशेषज्ञ र सामान्य चिकित्सक बिशेषज्ञ सहित ४ जना बिशेषज्ञ र अन्य चिकित्सक सहित ७ जनाको बिशेष टोलिले पहिलो पटक डोल्पामा नि–शुल्क शल्यक्रिया गर्न लागेको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान डोल्पाका मेडिकल सर्जक डक्टर अनुप मंल समालले जानकारी दिए । उनका अनुसरा दुर्गम डोल्पामा प्रतिष्ठानले महिलाहरुकै पाठेघरको समस्यालाइ शल्यक्रिया गर्ने उद्धेश्यले नि–शुल्क शिबिरको आयोजना गरिएको बताए । 

बैशाख १४ गतेबाट हुने नि–शुल्क शिबिरमा जिल्लाका १० जना महिलाको ल्यक्रिया गरिने नाम तयार भएको डक्टर समालले जानकारी दिए । उलने भने ७ जना आज सम्म सम्पर्कमा आएको र अन्य पनि शिबिरिको अबधिभरमा आएर शल्यक्रिया गरिने छ । 


तिन महिना पहिले देखि नै जिल्लाका सबै स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मिहरुलाइ महिलाको पाठेघरको शल्यक्रिया हुनेबारे तालिम दिएर स्वास्थ्य चौकिमा पठाएकोले जिल्लाभर प्रचारप्रशार राम्रो संग पुगेको सुचना अधिकारी तारा बोहराले बताइन । उनका अनुसार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले डोल्पामा गर्न लागेको यो शिबिरको फाइदा धेरै पाठेघरका समस्या भएका महिलाहरुले लिन सक्ने जानकारी दिइन । 

शिबिरको अबधिभर महिलाको पाटेघरको चेकजाच र शल्यक्रियामात्र नभएर सबै किसिमा रोगहरुको उपचार पनि हुने डक्टर अनुप समालले जानकारी दिए । उनले भने शल्यक्रिया गर्ने महिलाहरुले मात्र नभएर अन्य पाठेघर सम्बन्धी सेतो पानि बग्ने,गन्हाउने पानि बग्ने लगाउतका अन्य थुप्रे समस्या भएका महिलाहरुले पनि नि–शुल्क स्वास्थ्य शिबिरको फाइदा लिन सक्नेछन । 

लाखौ रुपैया खर्च गरेर शहरका महगा अस्पतालमा उपचार गर्न नसक्नेबेलामा जिल्लामै नि–शुल्क शल्यक्रिया हुने जानकारी स्वास्थ्यकर्मिले दिए पछि घरको सबै काम थाति राखेर जिल्ला अस्पतालमा पुगेको काईके गाउपालिका ५ कि ४७ बर्षिया छिरिङक्यामु रोकायाले बताइन । उनी भन्छीन ८ वटा सन्तान जन्माए ३ को मृत्यू भयो ५ संगै छन पहिलो बच्चा जन्मने बितिकै पाठेघरको समस्या आयो यस पटक त बाच्ने आसा पलयो जिल्लामै नि–शुल्क शल्यक्रिया हुने भए पछि । 


जिल्ला अस्पतालमा पहिलो पटक नि–शुल्क पाठेघरको शल्यक्रिया हुने भए पछि गाउगाउबाट पाठेघरका समस्या भएका महिलाहरु र अन्य चेकजाच गराउने महिलाहरु जिल्ला अस्पताल पुगेका छन । हिमाली जिल्लाका महिलाहरुलाइ कामको अत्याधिक भार पर्ने र पाठेघरको समस्या आउने गरेकोले डोल्पाका ३० प्रतिशत भन्दा धेरै महिलाहरु पाठेघरका समस्या भोगी रहेको स्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!