डोल्पामा कैदि र विद्यार्थिलाई लागु औषध दुर्व्यसनी सम्बधि प्रशिक्षण

Posted on: 21 Jun, 2018

टेकबहादुर शाही/असार ७, डोल्पा | लागु औषध द्रुब्यसन सम्बन्धी कारगारका कैदि र बिद्यालयका बिद्यार्थिलाइ प्रशिक्षण दिइएको छ।

बिद्यालयका बालबालिकाले नै लागु औषध द्रुब्यसन र घरेलु मदिराको बिक्रि बितरणमा समुदायमा सचेतना जोगाउन सक्ने भन्दै बिद्यार्थिलाइ लागु औषध द्रुब्यसन सम्बन्धी प्रशिक्षण दिइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ । 


घरेलु मदिराले समाजमा बिभिन्न खाले घटनाहरु घटाउदै गए पछि बिद्यार्थिलाइ मात्र नभएर समाजमा बसोबास गर्ने सबै बर्गका मानिसलाइ घरेलु मदिरा र लागू औषधले पार्ने असरका बारेमा प्रशिक्षण दिनु परेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने अहिलेका बालवालिकानै भोली लागु औषधका सिकार हुने भएकोले उनिहरुलाइ पूर्व ज्ञान प्रदान गर्नु जरुरी छ । 


लागु औषधका कुनै घटनाहरु नभए पनि जिल्लामा अब घट्न सक्ने घटनाका बारेमा सचेत रहन कारगारका कैदि,बिद्यालयका बिद्यार्थि र युवा महिला सबैलाइ सचेतनामुलक प्रशिक्षण दिने गरेको डिएसपी हरि प्रशाद शर्माले जानकारी दिए । उलनका अुनसार सकारात्मक समाजको निर्माणमा युवा र साना बालवालिकाको भुमिक अहम छ सबै मिलेर गरे असम्भब कुनै पनि कुरामा छैन । 


बालवालिकाले पाइलट,इन्जिनियर र डक्टर बन्ने सपना देखेको बेलामा लागु औषध र मदिराको लतमा फसेमा उनिहरुको भबिष्य मात्र नभइ समाजनै द्रुगन्धीत हुने अधिकारकर्मिहरुको दावी रहेको छ । अभिबाकले पनि आफना छोराछोरीको संगत लगायत अन्य ब्यबहार नियाल्न प्रजिअ थापाले आग्रह गरे । 

कारगारमा बन्दी रहेका कैदिले पनि समाजमा भोलिका दिनमा सकारात्मक भुमिका खेल्ने भएकोले पनि कैदिहरुलाइ लागु औषधका बारेमा सचेत गराएको डिएसपि शर्माले बताए । उनले भने समाजमा हुने गलत क्रियाकलाप रोक्न प्रहरीलाइ सबै नागरिकले सुचना दिएर सहयोग गर्न जरुरी छ प्रहरीले सभ्य समाज निमार्ण गर्न सक्छ । प्रहरी हरेक नागरिकको साथि हो दुष्मन होइन उनले थपे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!