कोदो खेतीमा डोल्पाली कृषकको चासो बढ्दै

Posted on: 06 Oct, 2017

टेक शाही/असोज २०, डोल्पा । डोल्पा जिल्लाको अधिकाँश खेति योग्य भु–भागमा कोदोको खेति गर्ने गरिन्छ । 

खेती गर्न सजिलो र सुत्केरि आमाको लागि नभइ नहुने अन्नका रुपमा कोदोको खेती गरिने जगदुल्ला गाँउपालिका ३ कि हस्तरुपा लामाले बताइन । उनका अनुसार गाँउघरमा एक महलिा सुत्केरि भएको बेलामा कोदोको ढिडो दिएमा रगदको मात्रा बढ्दै जाने र सुत्केरि आमा तन्दुरुष्त हुने बताइन । 


डोल्पाका मुड्केचुला गाँउपालिका,जगदुल्ला गाउँपालिका,त्रिपूरा सुन्दरी नगरपालिका,ठुलीभेरि नगरपालिका र काइके गााउपालिका सबै बस्तिहरुमा  कोदोको खेति गरिन्छ । कृषकलाइ खेति गर्नमा सबै भन्दा सजिलो हुने अन्नबालिको रुपमा कोदोलाइ लिने गरेको कृषक कर्ण प्रसाद थापाले बताए । उनले भने देबि देवताको मन्दीरमा बाहेक अन्य सबै क्षेत्रमा कोदोको प्रयोग गरिन्छ भने । 

तेलको मात्रा नहुने भएकोले कोदोको बालिलाइ हिन्दु धर्म अनुसार अपबित्र अन्नको रुपमा मान्ने गरेको मनसा बोहोराले जानकारि दिए । उनका अनुसार धार्मिका काम बाहेक अन्य सबै अबस्थामा कोदोको पिठो प्रयोग हुने बताए । 

धार्मिक रुपमा अपवित्र मानिए पनि सुत्केरि महिलाको लागि कोदो अति महत्वपूर्ण भएको महिला स्वास्थ्य स्वयम सेबिका आसा बोहोराले बताइन । आसाका अनुसार सुत्केरि महिलाइ ढिडो बनाएर दिएमा रगदको मात्रा बढने र सत्करि अबस्थामा बगेको रगतको परिपुर्ति हुने स्थानियहरुको बिश्वास रहेको बताइन । 

जिल्लाको अधिकाँश खेति योग्य जमिनमा लागइने कोदो कृषकले बिक्रि पनि गर्दछन । पाथि वा जगमा कृषकले ब्यापारिलाइ बिक्रि गर्ने गरेका छन । कोदोको तुम्बा,जाँड र रक्सी बनाउनका लागि माथिल्लो डोल्पा लगायत बिभिन्न होटेल ब्यावसायिले किन्ने गरेको लाल बहादुर बुढाले जानकारि दिए । 


कोदोको तुम्बा र रक्सी औषधिको रुपमा प्रयोग गर्ने गरेको स्थानियहरु बताउछन । घरेलु मदिराको रुपमा बनाइने कोदोको रक्सी र तुम्बा महगोमा बिक्री हुने गरेको स्थानिय शान्ता रोकायाले बताइन । 

काचो दानाबाट पनि आम्दानी हुने र तुम्बा, रक्सी पनि बिक्रि गरेर आम्दानीको स्रोत बनाएको शान्ताले बताइन । बिहे लगायत शुभ कार्यमा कोदोको तुम्बा र रक्सीले सम्मान गर्ने गरिन्छ जस्ले गर्दा हरेक शुभ कार्य सफल र राम्रो भएको मान्ने प्रचलन रहेको छ । कोदोको बालिबाट धेरै नै आम्दानी हुने भएकोले पनि पछिल्लो समय डोल्पामा यस्को खेति बढ्दै गएको अगुवा कृषकहरु बताउछन । 

धेरै बर्ष सम्म भण्डारण गर्नलाइ कुनै समस्या नहुने र अन्य कुनै पनि किरा तथा रोगको समस्या नहुने भएकोले कोदोको खेतिमा कृषक आकर्षित भएको स्थानिय कृषकको दावि छ । गाँउघरमा कोदो बिशेष गरि सुत्केरि आमाको लागि सुत्केरी सम्मानीत खाना भनेर दिने प्रचलन रहेको पाइन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!