डोल्पा सदरमुकाम दुनैमा १ सय ८० मिटर आरसिसि ढलान गरिँदै

Posted on: 28 Mar, 2017


टेक शाही/चैत १५, डोल्पा । डोल्पाको सदरमुकाम दुनैको बजारमा १ सय ८० मिटर आरसिसि ढलान गर्न लागिएको छ । 

दुनै बजारको लक्ष्मीशरण चोक देखि सामुदायिक रेडियो डोल्पा एफ एमको कार्यालय अगाडि सम्मको बजार भित्रको सडक ढलान गर्न सूरु गरिएको नगर बिकास समितिका अध्यक्ष प्रेम बहादुर शाहीले बताउनु भयो ।

भवन डिभिजन कार्यालय जुम्लाको ४५ लाख बराबारको आर्थिक लागानिमा दुनै बजारको आन्तरिक सडक आरसिसि ढलान गरिएको हो । दुनै नगर बिकास समितिको अक्ष्यक्ष प्रेम बहादुर शाहीको अध्यक्षतामा आरसिसि ढलान निर्माण उपभोक्ता समिति गठन गरिएको छ । उक्त समितिले बजार भित्रको सडक आजैबाट ढलान सूरु गरेको उपभोक्ता समितिका सदस्य धनिराम बुढाले बताउनु भयो । 

दुनै बजारको आन्तरिक सडक आरसिसि ढलानको लागि २० इन्च सोइलिगँ र १२ इन्च ढलान गरि ३२ इन्चको आरसिसि ढलान गरिदै छ । ढलानको लागि १० दिन भन्दा धेरै समय लाग्ने भएकोले दैनिक रुपमा बजारमा आवतजावत गर्ने बटुवाका लागि भने समस्या हुने भएको छ । बजारमा बसोबास गर्ने र अन्य मानिसका लागि हिड्न समस्या हुने भएकोले दिन रात लागएर ढलान गरि सक्ने प्रयासमा लागेको सदस्य धनिराम बुढाले बताउनु भयो । 

राष्ट्रिय सडक सञ्जालले नंछोएको डोल्पा जिल्लामा सदरमुकाम दुनैको बजार भित्र पर्ने साढे तिन मिटर सडक आरसिसि ढलान गर्न लागिएको छ । अघिल्लो बर्ष कालिका मन्दीर नजिकैबाट ५० मिटर ढलान गरिएको थियो भने यस बर्ष १ सय ८० मिटर ढलान गरिने र आगामि बर्ष भित्रमा दुनै बजारको सबै सड्क आरसिसि ढलान गरि सक्ने लक्ष्य भवन डिभिजन कार्यालय जुम्लाले लिएको अध्यक्ष प्रेम बहादुर शाहीले जानकारि दिनु भयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!