जुफाल बिमानस्थल ८६ दिनपछि सञ्चालनमा आउँदै

Posted on: 07 Sep, 2017

टेक शाही/भदौ २२, डोल्पा । डोल्पाको जुफाल बिमानस्थल ८६ दिन पछि सञ्चालनमा आउने भएको छ । 

बिहिबार बिहान तारा यएरले जुफाल बिमानस्थलमा परिक्षण उडान गर्ने भएको जुफाल बिमानस्थल कार्यालय डोल्पाले जानकारि दिएको छ । कुल ५ सय ६० मिटर लम्बाइ रहेको जुफाल बिमानस्थल गएको असार १ गते देखि कालो पत्रेका लागि बन्द गरिएको थियो । 


धावन मार्ग करिव सकिएको र जहाज उडानको लागि आवास्यक पर्ने धावनमार्ग पूरा भएकोले परिक्षण उडान गर्न प्राबिधिक रुपमा ठिक रहेको नागरिक उड्यन प्राधिकरणका इन्जीनियर बिर प्रशाद शाहीले जानकारि दिए ।

बिहिबार बिहान नेपालगञ्जबाट तारा यएरले पहिलो परिक्षण उडान भर्ने र त्यस पछि सुर्खेतबाट कमालु यएरले दोस्रो उडान भर्ने इनजीनियर बिर प्रसाद शाहीले जानकारि दिए । उनले भने पार्किङ्ग र बाँकी रहेको धावनमार्ग बनदै गर्ने र परिक्षण उडान पछि नियमित हवाइ सेवा सञ्चालन गर्ने बताए । 

लगातार कालो पत्रेको काम गरे पनि बिभिन्न समयमा मेसिनमा समस्या आउने गरेकोले अझै पनि पूर्ण रुपमा कालो पत्रेको काम सकिएको छैन । धावन मार्गको ५० मिटर बाँकी रहेको छ भने ६०/४० मिटरको पार्किङ्ग पनि कालो पत्रेको लागि बाँकी नै रहेको बिमानस्थल कार्यालयले जानकारि दिएको छ । 


नेपालीहरुको महान चाड बडादशै पनि नजिक आएको र यातायातको अन्य कुनै माध्यायम नभएको कारण पनि छिटै बिमानस्थल सञ्चालनमा ल्याउन लागेको नागरिक उड्यन कार्यालयले जानकारि दिएको छ । करिव ३ महिनाको लामो समय पछि बिमानस्थल खुल्ने खबर पाए पछि डोल्पाका स्थानियहरु खुसि भएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!