राज्यले त ठग्यो-ठग्यो, एयरलाइन्सले पनि ठग्छन् कर्णालीका जनतालाई

Posted on: 13 Oct, 2017

टेक शाही | असोज २७, डोल्पा | कर्णालीका पांचवटा जिल्ला यातायातको सुविधाको हिसाबमा निकै पछाडी छन् । यहाँका जिल्लाहरुसम्म पुग्नको लागि सडक यातायातको राम्रो सुविधा छैन् । त्यसोत कर्णालीमा हवाई यातायात पहिलो विकल्पको रुपमा रहँदै आएको छ ।

कर्णालीका अन्य जिल्लाहरु भन्दा डोल्पामा यातायातको झनै असुविधा रहेको छ । दुर्गम जिल्ला डोल्पासम्म अहिलेसम्म पनि सडक यातायातको सुविधा छैन् । डोल्पामा यातायातको एकमात्र विकल्पको रुपमा रहेको जुफाल विमानस्थल कालोपत्रे पछि संञ्चालनमा ल्याईएको छ । विमानस्थल कालोपत्रे पछि विभिन्न कम्पनीका जहाजहरु आउलान् र सहज रुपमा हवाई टिकट पाईएला भन्ने डोल्पालीको आशा निराशामा परिणत भईसकेको छ । विमानस्थल कालोपत्रे पछि पनि टिकटको समस्या उस्तै छ । जिल्ला वाहिर आवत जावत गर्ने सर्वसाधारणलाई अहिले पनि हवाई टिकटको सास्ती भने जिउका तिउ रहेको छ ।


सिस्टममा टिकट बाँड 

दशैं सकिएसँगै डोल्पाको जुफाल विमानस्थलमा यात्रुहरुको चाप बडेको छ । प्रत्येक दिन यात्रुहरुको सङ्ख्या बड्दै गर्दा जहाजले नियमित उडान भने घटाएको छ । डोल्पामा हवाई सुविधा दिँदै आएको तारा, गोमा एअरलाईन्स  पुर्व उडान भर्ने गरेपछि नियमित उडान घटेको एअरलाईन्सले जनाएका छन् । जुफाल विमानस्थलमा दशैँमा घर फर्केका बिद्यार्थीको चाप बडेको छ । सर्वसाधारणहरु हप्तौ देखि जहाज कुर्दा पनि गन्तब्य सम्म पुग्न पाएका छैनन् । यतिखेर विदेशी पर्यटकहरुको समुहले जहाज नै बुक गर्ने भएकाले सर्वसाधारणहरु हप्तौ देखि जहाज कुर्न बाध्य भएका हुन् । एअरलाईन्सको व्यक्ति हेरेर हवाई टिकेट बाँड्ने गरेकाले हप्तौँ देखि सर्वसाधारणहरु विमानस्थलमै अलपत्र परेको स्थानीय महेन्द्र पहाडीले जानकारी दिए । “जुफाल विमानस्थलमा सिस्टममा टिकेट बाँडिदैन्, पावर भएका मान्छेहरुलाई एकै दिनमा उड्न पाउँछन्, पावर नभएका मान्छेहरु हप्तौसम्म पनि उड्न पाउँदैन, अन्तिममा समय र पैसा सबै बर्वाद पारेर घर फर्किनु पर्ने बाध्यता हुन्छ” पहाडीले भने ।

“दुर्गमका बिद्यार्थीहरुलाई जिल्ला वाहिर पढ्न जानु पर्ने बाध्यता हुन्छ, बर्षमा एक पटक चाडपर्वमा आँउदा जाँदा ठुलो सास्ती भोग्नु पर्दछ” पहाडीले भने । “कतिपय बिद्यार्थीहरु टिकट झन्झटले चाड पर्वनै त्यागेर डेरामै बस्नु पर्ने बाध्यता हुन्छ” गम्भिर हुँदै उनले भने । “एअरलाईन्सहरुले दुर्गममा जाने बिद्यार्थीहरुलाई केही सहुलियत ब्यबस्था गरिदिएको भए ठुलो राहतहुने थियो” उनले भने ।

 यतिखेर नेपालगञ्ज विमानस्थलमा पनि डोल्पा जाने यात्रुहरुको चाप बडेको एअरलाईन्सहरुले बताएका छन् । नेपालगञ्जमा पनि टिकेटको चहलखेल झन धेरैहुने गर्दछ । “जहाज कुरेको चार दिन भईसक्यो, एअरलाईन्सका मान्छेहरुले हाम्रो कुरै सुन्दैनन्, पँहुच र पावर भएका मान्छेहरु एकै दिनमै उडेको यही आँखाले देखेको छँ” नेपालगञ्ज विमानस्थलमै अलपत्र परेका एक कर्मचारीले भने । “नेपालगञ्ज देखि तारा एअरलाईन्स र गोमा एअरका कर्मचारीका व्यबाहार देख्दा मन भक्कानिएर आँउछ” नेपालगञ्जबाट जहाँजमा डोल्पा पुग्नु युद्ध जिते भन्दा पनि ठुलो हुने उनले बताए ।

एअरलाईन्सको सिन्डिकेट


नेपालगञ्ज–डोल्पा र डोल्पा–नेपालगञ्ज नियमित उडान गर्दै आएका तारा सुमित एअरलाईन्समा सर्वसाधारणका लागि टिकट पाउनु भाग्यनै ठान्नु पर्ने त्रिपुरा सुन्दरी नगरपालिकाका स्थानीय कबी प्रसाद उपाध्यायले बताए । “नेपालगञ्ज देखि डोल्पा जाने टिकटहरु टाठाबाठा र चिनेजानेकाहरुको मात्रै पँहुचमा कहिलेसम्म चल्ने हो” उपाध्यायले पश्न गरे । एअरलाईन्सको टिकेटमा सिन्डिकेट हटाउने तर्फ सम्बन्धित निकाय गम्भिर बन्न जरुरी भएको उपाध्यायले बताए । “पछिल्लो समयमा तारा र गोमा एअरको जहाजमा सिन्डिकेट मौलाउँदै गएको पाईएको छ” उनले थपे । “डोल्पामा नियमित उडान भर्दै आएका तारा र गोमा एअरका कर्मचारीहरु सँग पँहुच भएकाले एकै दिनमा टिकेट पाँउछन्,नभएकाहरु महिनौ कुर्दा पनि टिकेट नपाउने अवस्था छ” पत्रकार रामचन्द्र न्यौपानेले भने  “कर्णालीका जिल्लाहरुमा उडान भर्ने एअरालाईन्सले गर्ने सिन्डिकेट प्रणाली नतोडिएसम्म सर्वसाधारणलाई हवाई टिकेटको सास्ती अन्त्य नहुने न्यौपानेको ठम्याई छ ।

यसरी विमान कम्पनीले दुर्गमका जनताको सेवागर्ने वाहानामा सर्वसाधारणलाई सास्ती दिईरहेको उनको आरोप छ ।

कस्तो ब्यवाहार कर्मचारीको ?

दुर्गमका विमानस्थलमा कर्मचारीको दादागिरी मौलाउँदै गएको पाईएको छ । टिकट माग्न कार्यालयमा पुग्दा कर्मचारीको हप्काई, दप्काई खानुपर्छ सर्वसाधारणले । नेपालगञ्ज देखि उड्ने सर्वसारणलाई झनै गाह्रो छ । “गन्तब्यसम्म जानकोलागि टिकट माग्न नेपालगञ्जको चर्को गर्मीमा पसिना चुहाँउदै एअरलाईन्सको कार्यालय खोज्नु पर्छ,बल्ल तल्ल कार्यालय पत्ता लगाएतका सर्वसाधारणहरु साह्रो बोले टिकट दिँदैनन्की भन्ने डरले विस्तारै भन्छन् सर नमस्कार भन्नुपर्छ, नमस्कार समेत नफर्काए पछि फेरी सोधिन्छ सर डोल्पा जाने टिकट पाईन्छ की भनेर, तिन/चार पटक सम्म भन्दा पनि उनीहरु सुन्दैनन्, अन्तिममा टिकट छैन् एअरपोर्ट जाउँ भन्दिन्छन् । सर्वसाधारण कर्मचारीले भने अनुसार नै एअरपोर्टमा पुग्छन् । एअरपोर्ट पुगेपनि टिकट काउन्टरसम्म पुग्न सहज हुँदैन सर्वसाधारणलाई । सुरक्षा व्यबस्था कडाई भएकाले सर्वसाधारणलाई भित्र छिर्न सहज छैन् । कर्मचारीको रुखो बोलीले मन खिन्न भईसकेको हुन्छ । एअरपोर्टमा पनि उनीहरुको गुनासो सुनुवाई हुँदैन् । यहाँ टिकट पाइँदैन् बजारको अफिसमा नै जानुहोस कर्मचारीको जफाव आउँछ । यसरी नै उनीहरुलाई कुहीराको काग बनाईन्छ  । विमानस्थल पुगेका सबै सर्वसाधारणले यस्तै  ब्यवाहार भोग्नु पर्दछ त्रिपुरा सुन्दरी नगरपालिकाका काली बहादुर बुढाले भने ।

सहज हुँदा ट्राभल एजेन्सि, नहुँदा आफै


कर्णाली क्षेत्रमा उडान भर्दै आएका तारा, गोमा एअरलाईन्सहरुले मान्छेहरुको चाप कम भएको बेला ट्राभल एजेन्सिहरुलाई टिकट दिने मान्छको चाप भएको बेला नदिने गरेको पाईएको छ । मान्छेहरुको चाप भएको बेला दँशै तिहारमा टिकटमा चलखेल गर्न तथा मन्त्री र संघ सँस्थाका प्रमुखको नमस्कार खानको लागि ट्राभल एजेन्सिहरुलाइ दुर्गममा उड्ने एअरलाईन्सहरुले टिकेट सिट नदिने गरेको नाम नभन्ने शर्तमा नेपालगञ्जकै एक ट्राभल एजेन्सिका संञ्चालकले हामिसँग भने । डोल्पा लगाएतका कर्णालीका विभिन्न जिल्लाहरुमा हुने हवाई टिकटमा व्यापक घोटाला हुँदा समेत सम्बन्धित निकाय मौन बसेको सर्वसाधारणले गुनासो गरे ।

नेपाल एअरलाईन्सलाई उडान थप गर्न माग


निजि विमान कम्पनीहरुको दादागिरीले आजित भएका सर्वसाधारणहरुले नेपाल एअरलाईन्सको थप उडानको आस गरेका छन् । कर्णालीका पाँच वटै जिल्लामा हप्तामा एउटा मात्रै उडान भर्दै आएको नेपाल एअरलाईन्स लाई एक थपेर हप्तामा दुई दिन उडान गरिदिन माग गरेका हुन् । चाड पर्वमाहुने यात्रुहरुको चापलाई मध्येनजर राख्दै थप उडानकालागि सम्बन्धित निकायमा आग्रह समेत गरिएको छ । 

जहाँ नौ हजार तिरेर पनि जान पाईँदैन्

नेपालगञ्ज देखि डोल्पा सम्मको हवाई भाडा आठ हजार छ सय रहेको छ । छिमेकी राष्ट्र भारत जान मिल्ने पैसाले पनि जहाज टिकेट नपाईने पिडाले मन साह्रै दुख्ने गरेको त्रिपुरा सुन्दरी नगरपालिकाका स्थानीय दुर्गा प्रसाद देबकोटाले बताए । डोल्पा उडान भर्दे आएका तारा र गोमा एअरले उक्त भाडा दरमा उडान भर्दै आएका छन् । जहाजको पैँतिस मिनेटको बाटोमा दोहोरो भाडा तिरेर पनि गन्तव्य सम्म जान नपाउनुको क्षण साच्चीकै पिडादायी भएको देबकोटाले बताए । एअरलाईन्सले डोल्पा लगाएतका दुर्गमका जिल्लाहरुमा दुईतर्फी भाडा लिएर मात्र उडान भर्ने र्गछन् । भने डोल्पा देखि आउन भने छत्तीस सय पचास तिर्नु पर्दछ । नेपालगञ्जबाट जानको लागि दुईतर्फी भाडा तिर्दा पनि जान नपाईने भएपछि यात्रुहरु साह्रै मर्कामा परेको डोल्पाका नागरिक अगुवा सुरेन्द्र ढकालले जानकारी दिए । “विमानस्लमा जहाँज कुर्दा कुर्दै बेखर्चीहुने अवस्थालाई समेत एअरलाईन्सले बुझिदिनु पर्छ” ढकालले भने घरबाट ल्याएको निश्चित खर्चमा चर्को मुल्यमा हप्तौ होटेलमा बस्दा खर्चपर्च सकिएर घर फर्किनु पर्ने अवस्था रहेको जुफाल विमानस्थल पुगेका विद्यार्थीहरुले गुनासो गरे । जहाज टिकेट पारदर्शी ढङ्गबाट वितरणहुनु पर्ने सर्वसाधारणको माग छ ।


फोनबाटै हुन्छ टिकट बुक

दुर्गमका जिल्लाहरुमा हुने हवाई उडान सर्वसाधारणको पहुँचमा छैन् । “कर्णालीका डोल्पा, हुम्ला, मुगु लगाएतका जिल्लामा जानको लागि साना दुखले काम चल्दैन्, जहाजको टिकट पाउनको लागि कि कर्मचारी चिन्नुपर्यो कि त साविकको मुल्य भन्दा धेरै तिरेर जान टिकेट दलाल सँग सम्पर्क हुनु पर्यो” नेपाली काङ्ग्रेस डोल्पाका पार्टी सचिव जयनन्द उपाध्यायले भने । “दुर्गममा उड्ने तारा, गोमा एअरलाईन्सको टिकट अग्रिम फोनबाटै बुक हुने भएकाले चिनजान नभएकाका लागि टिकट पाउने सम्भावना न्युन हुन्छ” उपाध्ययाले भने । ठुलाबडाको सिफारिस र टिकेटको मुल्य भन्दा धेरै पैसा तिर्न खोज्ने गरेको पाईएको उपाध्यायले बताए ।

स्वदेशी भन्दा बिदेशी प्राथामिकतामा

नाफामुखि भन्दा सेवामुखि ढङ्गबाट जनतालाई सेवा दिने नेपाल सरकारसँग निजि विमान कम्पनीहरुको सम्झौता हुन्छ । तर दुर्गममा चल्ने जहाजहरु सेवामुखि भन्दा नाफामुखि ढङ्गबाट संञ्चालन भईरहेका छन् । पर्यटक पछि मात्र सर्वसाधारणको पालो आउंछ । यातायातको समस्याले आजित भएका कर्णालीबासी भन्दा महंगो मुल्य तिर्न सक्ने उनै विदेशि पर्यटकहरु थामिकतामा पर्ने गर्दछन् । सर्वसाधारण, बिरामि बिद्यार्थी, ज्येष्ठ नागरिक जो भएपनि उनीहरुको मतलब नगरेर टिकेटमा चहलखेल गर्ने प्रबृति बड्दै गएको डोल्पाका शिक्षक लोकेश खत्रीले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!