जुफाल बिमानस्थलमा सिता यएरको परिक्षण उडान, एक सातामा नियमित उडान हुने

Posted on: 15 Nov, 2017

टेक शाही/कात्तिक २९, डोल्पा  । डोल्पाको जुफाल बिमानस्थलमा सिता यएरको जहाजले परिक्षण उडान भरेको छ । 

बुधबार बिहान नेपालगञ्जबाट सिता यएरको -9N-AHB) कलसाइन जहाजले जुफाल बिमानस्थलमा परिक्षण उडान भरेको जुफाल बिमानस्थल कार्यालयले जानकारि दिएको छ । बिमनस्थल कार्यालयका अनुसार परिक्षण उडान सफल र प्रभबकारि भएको जनाएको छ । 


नेपालगञ्जबाट बिहान ७ बजेर ४० मिनेटमा जुफाल बिमानस्थलमा जहाज अवतरण गरेको थियो । सिता यएरका क्याप्टेन किशोर भट्टचन,क्याप्टेन रबिन गौचन,यएरहोष्टेज नविना बिष्ट,सिभिल एजेन्सीका काठमाण्डौ प्रतिनिधि बर्दान बराल,नेपालगञ्ज बिमानस्थलका प्रतिनिधि सोहन जोसि र डिस्प्याचार अम्मरमान सिँ सहित ६ सदस्यि टोली बोकोर जहाज जुफाल बिमानस्थलमा अबतरण गरेको जुफाल बिमानस्थलले जानकारि दिएको छ । 

कुल १९ जना यात्रुको क्षमता भएको सिता यएरको जहाजमा सामान्य लोड सहित परिक्षण उडान गरिएको सिता यएरका नेपालगञ्ज प्रतिनिधि सूर्य भण्डारिले जानकारि दिए । उनका अनुसार जहाजले सफल प्रर्वक अबतरण गरेको र सिभिल एजेन्सीले परिक्षण उडान पछिको नियमित उडानको कागजात दिए पछि नियमित उडान उहने बताए । 

हप्ता दिन भित्रमा नियमित उडानको लागि अनुमति पाउने र त्यस पछि डोल्पाका लागि नियमित उडान भर्ने सिता यएरको केन्द्रीय कार्यालयले जानकारि दिएको छ । परिक्षण उडान मात्र भएको र भाडा दर भने कायम नभएकोले नियमित उडानको अनुमति पाउने बित्तिकै भाडादर कायम हुने पनि कार्यालयले जानकारि दिएको छ । 

कसल १९ जना क्षमता भएको जहाज भए पनि सिभिल एजेन्सीले अनुमति कति सिटको लागि दिन्छ त्यसै अनुसार उडान हुने क्याप्टेन किशोर भट्टचनले बताए । उनले भने सिताको जहाज अन्य जहाज भन्दा द्रुत गतिको भएको कारण धावनमार्ग कलि कम हुने भए पनि ओभरसुट पनि गर्न मिल्ने भएको कारण धेरै जोखिम नै  नरहेको बताए । 


सडक मार्गले नछोएको डोल्पामा बिस्तारै निजि बिमान कम्पनीका टवीनवटर,लेट र सिगँल इन्जीन भएका जहाजले उडान भर्न थाले पछि डोल्पाली यात्रुमा खुसि छाएको छ । यस भन्दा पहिले तारा,गोमा,नेपाल यएर र मकालु यएको जहाज गरि ४ वटा जहाज कम्पनिले उडान भर्दै आएका थिए भने अब सिता यएरले पनि उडान भरे पछि सरकारी र निजी कम्पनी सहित ५ वटाले दैनिक उडान भर्ने छन । 

जहाजहरु जति नै थपिए पनि टिकेटको लडाइ कहिले नछुट्ने स्थानियहरु बताउछन । एक दिनमा आउछ ६ दिन आउदैन कनि के भर मान्नु डोल्पालीका नाममा उडान गरेको कागजात बनाएर आफनो स्वार्थ मात्र लिन्छन तर यातायात सजता बनाउदैनन नागरिकहरु भन्छन । नागरिकको अनुरोध छ दैनिक उडान भर टिेकटको दलाली अन्त्य गरि सहजता बनाइ देउ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!