सेनाले डोल्पालाई राष्ट्रिय सड्कमा यसरी जोड्दैछ (फोटोफिचर)

Posted on: 22 Jan, 2018

टेकबहादुर शाही/माघ ८, डोल्पा । हाल सम्म पनि राष्ट्रिय सड्क सञ्जालमा नजोडिएको डोल्पा अब छिट्टै राष्ट्रिय सड्कसंग जोडीने भएको छ । 

नेपाली सेनाले जिम्मा लिएको जाजरकोट डोल्पा सड्क खण्डमा सेनाले तिव्र रुपमा काम गरि रहेको छ । जाजरकोटबाट डोल्पाको दुनै जोड्ने भेरि करिडोरको सड्क १ सय १७ दशमलव ७ किलोमिटर कुल लम्बाइ रहेको छ । 


हाल सम्ममा १ सय १४ किलोमिटर सड्क हाल सम्पन्न भइ सकेको छ । कुल लम्बाईको ३ किलोमिटर कडा चट्टान भएको सड्क खण्ड मात्र बांकी रहेको जाजरकोट डोल्पा सड्क निर्माण कार्यदलले जानकारि दिएको छ । 

भेरि करिडोर अन्तरगत जाजरकोटबाट डोल्पा जोड्ने सडक खन्न सूरु गरेको नेपाली सेनाले २०७३ साल भाद्र २३ गते जाजरकोट डोल्पाको सिमाना पर्ने त्रिबेणिमा सडक जोडेको थियो । कडा चट्टान मात्र रहेको यो खण्डमा नेपाली सेनाले बाहेक अरु कसैले सहजै सड्क निर्माण गर्न नसक्ने स्थानीयहरु बताउछन । 


जाजरकोट,रुकुम र डोल्पाको सिमानामा पर्ने त्रिबेणिमा सड्क जोडे पछि डोल्पाका जनताले खुसि मनाएका थिए । बर्षौ सम्म पनि राष्ट्रिय सड्कले जोडीदैन कि भन्ने आशंका रहेको डोल्पालीहरुको झिनो आशालाइ नेपाली सेनाले डोल्पाको सिमाना सम्म सड्क जोडेर भरोशामा परिणत गरिदिएको छ । 

भौगोलिक रुपमा ठुलो जिल्ला डोल्पा त्यसमा पनि ठुला–ठुला कडा् चट्टान तथा भिर पहराहरु रहेको जिल्लाका जनताले नेपाली सेनाको अथक प्रयासले राष्ट्रिय सड्कसंग जोडिने आशा दैनिक बढ्दै गएको छ ।


त्रिबेणिबाट त्रिपूराकोट सम्मको कुल ३० किलोमिटर सड्क खण्डमा १५ किलोमिटर सड्क सञ्चालनमा आउने भएको छ । त्रिबेणिबाट शिउरेनी सम्मको १५ किलोमिटर पूर्ण रुपमा निर्माण कार्य सम्पन्न भएको जाजरकोट डोल्पा सड्क निर्माण कार्यादलले जानकारि दिएको छ । उक्त सड्क खण्ड यहि माघ महिना भित्रमा औपचारिक रुपमा सञ्चालनमा आउने नेपाली सेनाको सड्क निमार्ण कार्यादलले बतायो । 

“दशैमा डोल्पाली जनताले बिकास पर्व मनाउने” 

डोल्पाले राष्ट्रिय सड्क जोडिएसंगै यस बर्षको बिजया दशै बिकास पर्वका रुपमा मनाउने कर्णेल बिश्वबध्नु पाहाडीले बताए । उनका अनुसार जिजया दशमि २०७५ अरुले महान चाडको रुपमा मनाए पनि डोल्पाका जनताले बिकास पर्वका रुपमा मनाउने दावी गरेका छन । 

माघ महिनामा त्रिबेणिबाट सिरबिन्दे सम्म सडक सञ्चालनमा आए पछि शिरबिन्देबाट त्रिपूराकोट सम्मको १५ किलोमिटर सड्क आउने दशै २०७५ सम्ममा निर्माण सम्पन्न हुने जाजरकोट डोल्पा सड्क निर्माण कार्यदलका प्रमुख नेपाली सेनाका कर्णेल बिश्वबन्धु पाहाडीले जानकारि दिए । 


उनका अनुसार द्रुत गतिमा काम भइ रहेकोले डोल्पाका जनताले २०७५ को दशैमा खुसि र बिकासको दशै मनाउने दावी गरे । उनले भने साडे ५ मिटरको सडक खन्नुपर्ने भए पनि ६ मिटर खनेको र भोलीका दिनमा पनि दुख नहुने बताए ।

राष्ट्रिय सड्कको प्रतिक्षामा रहेका डोल्पाका जनताले बिकास पर्वका रुपमा मनाउने आसा खुसिमा परिणत हुनेमा ढुक्क हुनका साथै त्यो आसालाइ साकार पारेरै छोड्ने जाजरकोट डोल्पा सड्क निर्माण कार्यदलका प्रमूख नेपाली सेनाका कर्णेल बिश्वबन्धु पाहाडीले बिश्वास दिलाए । 

उनले भने बिभिन्न खण्डामा सड्क निर्माणका क्रममा स्थानीयले ठुलो सहयोग तथा भरोसा दिलएकोले ति जनताको सपना साकार पार्ने प्रतिबद्धता लिएको बताए । 

“सेनाले खन्ने सड्कमा बजेटको कमि” 

आर्थिक बर्ष ०७४÷०७५ मा जाजरकोट डोल्पा सड्क निर्माण कार्यदलले जम्मा १५ करोड मात्र बजेट पाएको नेपाली सेनाका कर्णेल तथा सड्क निर्माण कार्यदलका प्रमुख बिश्वबन्धु पाहाडीले बताए । उनका अनुसार कडा चट्टान तथा भिरपहराहरुको अनुपातमा नेपाली सेनाको लागि सड्क खन्न बजेट अत्यन्त कम भएको तर जति उपलब्ध रहेको छ त्यो अनुसार काम भने द्रुत गतिमा भएको जानकारि दिए । 

जाजरकोटबाट डोल्पाको सदरमुकाम दुनै सम्म राष्ट्रिय सड्क जोड्नको लागि सरकारले बजेट कम बिनियोजन गरेका भन्दै नेपाली सेनाले असन्तुष्टी ब्यक्त गरेको छ । सेनाले भन्यो अन्य ठाँउमा बजेट धेरै राखेर मुख्य सड्कमा बजेटको कमि गर्नुले पनि ढिलाइ हुने गरेको तर्क छ । 


त्रिबेणिबाट त्रिपूराकोट सम्मको ३० किलोमिटर बजेट कमि भए पनि भएको बजेटबाट सड्क निर्माण गरेर जनताको सपना पूरा गर्ने प्रतिबद्धता नेपाली सेनाका कर्णेल पाहाडीले बताए । हाल पनि सड्क निर्माण बिभागसंग समन्वय गरेर सड्क निर्माण गरेको पाहाडीले बताए । उनले भने सड्क निर्माण समयमा सम्पन्न हुन्छ तर अब स्तरोन्नती र कालो पत्रेको लागि अहिले नै सोच्नु पर्ने बताए ।

नेपाली सेनाले हाल निर्माण गरि रहेको सड्क कडा चट्टान भएको ठाउमा पनि ६ मिटर चौडाइ भएको सड्क निर्माण गरेको छ । राष्ट्रिय सड्कको स्तरोन्नती गर्ने बेलामा भोलीका दिनमा धेरै ठुलो समस्या नआउने गरि निर्माण गरेको नेपाली सेनाले बताएको छ । कडा चट्टान र भिरपहरा छिचोलेर बनाएको कारण जाजरकोट डोल्पाको सड्क अत्यन्त कम जोखिम भएको र पक्की सड्कको रुपमा पनि लिन सकिने छ । 

“रुुकुम,जाजरकोट र सल्यानका मजदुर धेरै १५ देखि ६० बर्ष सम्मका ”

अन्दाजी १८ बर्ष सम्मका देखि ६० बर्ष सम्मका कामदारहरु भिरपहरामा झुण्डीएर मेसिन समातेर होल खनि रहेका छन । जाजरकोट,रुकुम,सल्यान र डोल्पाका सयौ जना कामदारहरु जिसो नभनेर सड्क खनि रहेका छन । घरमा बसेर खान पुग्दैन काम गर्न भनेर डोल्पा सम्म पुगियो रुकुम राडिजिउलाका ६० बर्ष कटेका हरिकृष्ण खत्रिले दुखेसो पोखे । उनले भने चिसो छ तर के गर्नु चिसो मानेर खान पुग्दैन त्यसैले काम गर्न सकि नसकि आएको बताए । 


हाल नेपाली सेनाले शिरबिन्दे देखि धाउन्ने हुदै चँु गार्ड सम्म एक दर्जन भन्दा धेरै ठाउमा काम गरि रहेको छ । बिहान ६ बजे देखि साझ ५ बजे सम्म बिभिन्न खण्ड्मा कामदारहरुले काम गरि रहेका छन । चट्टानमा होल खोल्ने देखि साबेल तथा घन चलाउनेहरुको भिड रहेको छ । 

कडा चट्टान र भिरपहराहरु सेनाले खनि रहेको छ तर दैनिक सयौ यात्रुहरु पनि त्यहि बाटो भएर यात्रा गरि रहेका छन । बटुवाहरु सड्क खन्नेहरुलाइ अनुरोध गर्दै जोखिमपूर्ण यात्र गरि रहेका छन । अब धेरै दिन छैन अहिलेको दुखले सधै भरि सुख पाइन्छ भने कुनै दुख छैन नेपाली सेनाले अति राम्रो काम गरेको छ भन्दै एक जना बटुवा अमृत मगरले खुसि ब्यक्त गरे । उनि भन्छन अब डोल्पाको सपना सेनाले पूरा गर्दैछ हामी जस्ता बटुवाका पनि सुखका दिन आए उनले खुसि ब्यक्त गरे । 


माघ महिनाको चिसो अनि डरलाग्दो भिरमा महिलाहरु बेल्छा र गैति समातेर पसिनै पसिना भएर काम गरि रहेका छन । बिगत १५ बर्ष देखि सड्कमा पेटि ठेकेदारको रुपमा काम गर्दै आएका रणबहादुर शाहले भिर र पहरामा नै जिवन जान लागेको बताए । उनका अनुसार जोखि छ भिरमा काम गर्न सबैको ज्यानको ख्याल गर्दा पनि कति पए बेलामा कोही कामदार गुमाउनु पर्ने बताए । उनि भन्छन बजेट प्रयाप्त मात्र बिनियोजन गरिदिए सरकारको लक्ष्य र जनताको खुसि दिनमा कुनै समस्या नहुने बताए । 


त्यहिबाटोमा सेनाले सड्क खनि राखेको छ स्थानीयहरु पनि त्यहि साघुरोबाटोमा जोखिम पूर्ण यात्र गरि रहेका छन । डोल्पामा जाने खाद्यन्न तथा दैनिक उपभोग्य सामानहरु पनि खच्चडबाट त्यहि सांघुरोबाटोमा जोखिम मोलेर ढुवानी गरि रहेका छन । 

“स्थानीयको आसा खुसिमा परिणत हुदै सबै तहको सरकारले चासो बढाउन माग” 

नेपाली सेनाले काम तिव्र रुपमा गरेको छ । स्थानीयहरु पनि खुसि रहेका छन काम तिव्र भएकोे छ जति सक्दो छिटो त्रिपूराकोट सम्म पुगोस आमी सबै मिलेर जति सक्दो सड्क जोड्नु पर्ने त्रिपूरा सुन्दरी नगरपालिकाका स्थानीय चन्द्र नेपालीले बताए । उनले भने स्डक पुगे गाडिबाटै आवतजावत गर्न सजिलो हुने,सबै कुरा शुलभ हुने भन्दै खुसि ब्यक्त गरे । 


राष्ट्रिय सड्क सञ्जालले नछोएको डोल्पामा यातायातको सुबिधाबाट जनताहरु बञ्चित रहेका छन । अब जम्म ३ किलोमिटर सड्क बांकी रहेको र आउने दशै सम्मा दुनैबाट गाडि चढ्ेर नेपालगञ्ज,सुर्खेत लगायत तराइका शरहमा जान सहज हुने भएको भन्दै डोल्पा जनताहरु खुसि भएका छन । स्थानियहरु भन्छन केन्द्र,प्रदेश र स्थानीय सरकाले बजेट राम्रो ब्यवस्था गरेर सड्क जोडनु पर्ने बताउछन । 

भिरपहराहरुमा ज्यानको जोखिम मोलेर यात्रा गर्ने यात्रु पनि अब दुखका दिन गएको बताउछन । उनिहरु भन्छन अहिलेको दुखले जिवनभर सुख मिल्छ भने किन दुखमा आत्तिने भोली हाम्रो सुख आउछ आमी भोली पर्खेर बसेका छौ बटुवा बिबश बुढा मगरले खुसि ब्यक्त गरे । उनि भन्छन आज म हिडेर गए अबको एक बर्षमा म मेरो गाडिमा जान्छु । 


डोल्पाको दुनै सम्म सड्क राम्रो संग सञ्चालनमा आउनको लागि जाजरकोट देखि डोल्पाको दुनै सम्म ५ वटा भेरि नदिमाथीका ठुला पुल हाल्नु पर्ने छ । त्यसै गरि खहरे खोला र अन्य साना खोला गरि एक दर्जन भन्दा धेरै ठाँउमा पक्की तथा ट्रसबृज हाल्नु पर्ने जाजरकोट डोल्पा सड्क निर्माण कार्यदलले जानकारि दिएको छ । कार्यदल भन्छ सेनाले आफनो जिम्माको सड्क एक दुइ महिना फरक परे निर्माण गरेर छोड्ने तर पुलको लागि भने सबैले समयमा स्थायी रुपमा सोच्नु पर्ने बताउछ । 

“हवाइ सिन्डीकेटको अन्त्य”

ढिलै भए पनि डोल्पामा अबको ९ देखि १० महिनामा डोल्पा जिल्ला राष्ट्रिय सड्क सञ्जालमा जोडिने भए पछि डोल्पाली जनातामा खुसि पलाएको छ । हवाइ यातायातमा भर पर्नु पर्ने डोल्पालीको बाध्यता अब अनत्य हुने भएको छ । राष्ट्रिय सड्ले डोल्पालाइ जोडेसंगै महगि तथा कालोबजारीबाट पनि हदै सम्मको छुटकारा पाउने नागरिकहरु बताउछन । 


हाल डोल्पामा त्रिपूराकोटबाट सदरमुकाम दुनै सम्म १५ किलोमिटर आन्तरीक सड्क भने सञ्चालनमा आएको छ । हेलिकप्टरबाट जिपहरु ढुवानी गरेर १० वटा जिपहरु दुनै जुफाल र दुनै सुपानि सम्म आन्तरीक यातायात सञ्चालन भइ रहेको छ । 

जाजरकोटबाट डोल्पाको त्रिपूराकोट हुदै दुनै सम्म राष्ट्रिय सड्क सञ्जालमा जोडिए संगै डोल्पा जिल्लामा यातायातको सहजता हुने भएको छ । राष्ट्रिय सड्को निकै लामो समय सम्मको प्रतिक्षा डोल्पालीको अब दैनिक घटि रहेको छ भने नेपाली सेनाले डोल्पालीको सपना साकार पार्दै गएको छ । 

“जडीबुटिको ब्यापारिक केन्द्र बन्ने डोल्पा”

डोल्पा अबको ९ महिनामा राष्ट्रिय सड्क सञ्जालमा जोडिने भए पछि डोल्पामा जग्गा खरिद बिक्रि र घर निर्माणका काम पनि बढ्दै गएका छन । जडिबुटीको धनी जिल्ला डोल्पामा भाबी दिनमा ब्यापारको प्रचुर सम्भाबना भएको भन्दै ब्यापारिहरु डोल्पा केन्द्रीत हुन लागेका छन । 


जडीबुटिको खानी भनेर चिनिने डोल्पा ब्यापारिक केन्द्रमा परिनत हुने स्थानीयको भनाइ रहेको छ । तिब्बतसग सिमा जोडिएको जिल्ला भएको कारण पनि ब्यापारिक केन्द्रमा परिचित हुनेमा धेरैको बिश्वास रहेको छ । भारत र चिन जोड्ने हालको ६ नं. प्रदेशको सबै भन्दा छोटो राष्ट्रिय राजमार्ग पनि रहेको दावी रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!