बिद्यालय नखुलेपछि ३३ लाख सरकारलाइ फिर्ता

Posted on: 11 Jun, 2018

टेकबहादुर शाही | जेष्ट २८, दुनै | यार्सागुम्बाका समयमा एक महिना बन्द भएपछि सरकारले दिने अनुदानको ३३ लाख बराबरको रकम फिर्ता जाने भएको छ । यार्सागुम्बा संकलनका बेलामा बन्द रहेका बिद्यालयहरुले शिक्षाबाट जाने अनुदान पनि नपाउने भएका हुन । एक महिनामा प्रति बिद्यार्थिका लागि करिव २० दिनको दिवा खाजा स्वरुप अनुदान दिने ब्यवस्था रहेको शिक्षा बिकास तथा समन्वय ईकाइका प्रमुख डागीले बताए । उलने भने अब त्यो एक महिनाका लागि पाउने २० दिनको दिवाखाजाको अनुदान करिव ३३ लाख बराबरको रकम सरकारलाइ फिर्ता हुने छ । 

जिल्लाका करिब ८५ प्रतिशत बिद्यालय अझै पनि खुलेका छैनन । जिल्लाभरका १ सय १२ वटा बिद्यालय मध्य हाल सम्म जम्मा १८ वटा बिद्यालय मात्र खुलेको शिक्षा बिकास तथा समन्वय ईकाइ डोल्पाले जानकारी दिएको छ । 

यार्सागुम्बा संकलनका लागि जेष्टको एक गतेबाट बन्द गरिएका बिद्यालयहरु महिना दिन बित्न लाग्दा पनि नखोलेको शिक्षा बिकास तथा समन्वय ईकाइ डोल्पामा प्रमुख सिंहराज डांगिले जानाकारी दिए । उनले भने ८ वटा स्थानीयतह रहेको यस जिल्लामा जेष्ट २० गतेबाट जगदुल्ला गाउपालिकाका १४ वटै बिद्यालयमा पढाइ सुचारु भयो भने अन्य ठाउका कुनै पनि बिद्यालय खुलेका छैनन । शे–फोक्सुण्डो गाउपालिकाको तापिरिचा माध्यामिक बिद्यालय साइजल,त्रिपूरासुन्दरी नगरपालिकाको देउराली आधारभुत बिद्यालय भोरगाउ,काञ्जीरुवा आधारभुत बिद्यालय दापु र ठुलीभेरि नगरपालिकाको हिमजोती आधारभुत बिद्यालय सार्किटोल गरि ४ वटा बिद्यालयले यार्सागुम्बाको समयमा पनि बिद्यालय सञ्चालन गरेको शिक्षा बिकास तथा समन्वय ईकाइले जानकारी दिएको छ ।  


यार्सागुम्बाको अबधिभर बिद्यालय खोल्ने चार बिद्यालयले बाहेक अरुले दिवाखाजाको अनुदान रकम पाउने छैनन । डागिले भने जगदुल्लाका १४ वटा बिद्यालय सबै २० गतेबाट खुलेपनि ति बिद्यालयले पनि नपाउने बताए । उनका अनुसार  जम्मा महिनाभर गरि २० दिनको मात्र दिवाखाजाको अनुदान रकम पाउने हो बिस दिन सम्म बन्द भएपछि  खाजाको अनुदान पाउने छैनन । 

डोल्पाका सबै बिद्यालय बन्द हुन्छनन नै छिमेकी जिल्ला रुकुम,जाजारकोट,जुम्ला जिल्ला लगायतका बिद्यालय समेत यार्सा सिजनमा बन्द हुने गर्दछन । बिद्यालय बन्द गर्न नचाहदा पनि बाध्यता जस्तै भएकोले केहि दिनलाइ बन्द नै गर्नु परेको जगदुल्ला गाउपालिकाका अध्यक्ष नारासिंह रोकायाले बताए । उनले भने यस बर्ष बिस दिन बन्द गरियो सके सम्म अर्को बर्षबाट बिद्यालय बन्द हुदैनन शिक्षाबाट वालवालिकाहरुलाइ शिक्षा लिन बञ्चित गराइदैन । 

हिउदको समयमा पुस र माघ महिनामा हिउदे बिदा,फागुन भर्ना अभियान,जेष्टमा यार्सागुम्बाले बन्द र बिचका अन्य महिनामा बिभिन्न चार्डपर्बका तथा सार्वजानिक बिदाले करिव ५ महिना पनि निरन्तर पढाइ नहुने नागरिक समाजका अगुवा योगेन्द्र बुढाले दावी गरे । उलने भने यसरि कसरि एक हजार घण्टा बिद्यालयमा बालवालिकाले अध्ययन गरे त त्यसैले खस्किदो छ डोल्पाको शिक्षा । 

पाठ्यक्रम नै नभ्याइने र भने अनुसार बिद्यार्थिले शिक्षा नपाउने शिक्षाबिधहरुको दावी रहेको छ । अत्याधिक बिद्याहरु पर्ने र बिद्यालय कम मात्र खुल्ने समस्याका कारण समयमा पाठ्यक्रम पुरा नहुने गरेको शिक्षा बिकास तथा समन्वय ईकाइले स्वीकार गरेको छ । कार्यालयका अनुसार सके जति नियमन गर्ने प्रयास भएको र अब बिद्यालय निरन्तर खुल्ने जनाएको छ । 

यार्सागुम्बा टिप्नका लागि बालवालिका नै पाटनमा पुगेपछि शिक्षकहरु कोही घाम तापेर बसेका छन भने कोही यार्साका ब्यापारि पनि बनेका छन । शिक्षक ब्यापार गर्दै र बिद्यार्थिहरु यार्सा टिप्दै पाटनमा रमाइ रहेकाछन तर बिद्यालय खोल्नेमा सुरसार छैन । शिक्षा बिकास तथा समन्वय ईकाइले जेष्टको अन्तिम साता खोल्न भने पनि धेरै बिद्यालयहरु असारको दोस्रो साता मात्रै खुल्ने गरेको स्थानीयहरु बताउछन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!