ब्याबसायिक सिप बिकास समबन्धी ४५ दिने डकर्मी तालिम सकियो

Posted on: 27 Apr, 2017


टेक शाही/बैशाख १४, डोल्पा । ब्याबसायिक सिप बिकास समबन्धी ४५ दिने डकर्मि तालिमको समापन गरिएको छ । 

सामुदायिक बिकास कार्यक्रम (सिडीपी) ले सञ्चालन गरेको ४५ दिने डकर्मी तालिमको एक कार्यक्रम बिच समापन गरिएको थियो । सिकेको सिपलाइ तालिममा मात्र सिमीत नगरि ब्याबाहारमा पनि लागु गर्न भन्दै प्रमाण पत्र बितरण गरिएको आरआरएन डोल्पाले जानकारि दिएको छ । 

डोल्पा जिल्ला जस्तो ठाँउमा ब्यावसायिक सिप बिकास समबन्धी डकर्मी तालिम पाउनु अति महत्वपूर्ण कुरा भएको र आगामि दिनमा डोल्पामा बन्ने घरहरु भुकम्प प्रतिरोधि एबम दक्ष डकर्मीले निमार्ण गरेको भनेर चिन्न पाउने बनाउ सझाव दिइएको थियो । तालिम सिकी सकेपछि आफु बस्ने गाँउ समुदायमा गएर आफनो सिपको प्रयोग गरि ज्यामिबाट ठुला ठुला भवन निर्माणका ठेकेदार बनेर ब्यावसायका साथै आफुले सिकेको सिपको सदुपयोग गर्न जिल्ला समन्य समितिका सचिव सागर मिश्रले हौसाला दिनु भएको थियो । 

साबिकका बिभिन्न गाविसका १८ जनालाइ डकर्मि तालिममा छनौट गरिएको भए पनि स्थानिय तहको निर्वाचनमा म्यादि प्रहरीको भर्नामा ३ जना छनौट भए पछि १५ जनालाइ मात्र यो तालिम प्रदान गरिएको आरआरएनका जिल्ला सँयोजक छबिलाल तामाङले बताउनु भयो । निकै मेहेनतका सथा प्रशिक्षक गिरीराज चौधरिले तालिममा सहभागिलाइ सिप सिकाएकोले धन्यबाद दिदै सबै सहभागिलाइ खाना,बस्न,ज्यावल खरिद प्रशिक्षक खर्च लगायत गरि प्रति ब्यक्ति ३५ हजारका दरले खर्च गरि ४५ दिने तालिम प्रदान गरे्को पनि सँयोजक तामाङले बताउनु भयो । 


नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा सञ्चालित डकर्मि तालिम अति प्रभाबकारि रहेको र भोलीका दिनमा जिल्ला खानेपानि तथा सरसफाइ सबव डिभिजन कार्यालय डोल्पाले बिभिन्न ठाँउमा तालिम प्राप्त डकर्मिको सहयोगमा कामहरु गर्दै जाने सब डिभिजन प्रमूख उमेश झाले बताउनु भयो । तालिम तालिममा मात्र सिमित नँराखि ब्याबाहारमा लागु गर्नु पर्ने र आगामि दिनमा घरेलु तथा साना उद्योग बिकास समितिले पनि सहयोग गर्ने उद्योग अधिकृतले बताउनु भयो । 

ब्यबसायिक सिप बिकास समबन्धी डकर्मि तालिममा सहभगि सबैलाइ आबास्यक औजारहरु पनि प्रदान गरिएको थियो । प्रशिक्षक र अन्य सहभागिहरुलाइ प्रमाण पत्र बितरण गरि बिना हिचकिचावट आफनो सिपको सदुुपयोग गर्न समापन कार्यक्रममा उपस्थित सबैले सुझाब दिनु भएको थियो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!