निर्वाचन आयुक्तको टोली निर्वाचन अनुगमनमा, डोल्पा निर्वाचन स्वच्छ गराउन निर्देशन

Posted on: 07 May, 2017


टेक शाही/बैशाख २४, डोल्पा । निर्वाचन आयुक्त सुधिर कुमार शाहको नेतृत्वमा ४ सदस्यि निर्वाचन अनुगमन टोलीले डोल्पा जिल्लामा अनुगमन गरेको छ । 

आइतबार बिहान ८ तिस बजे नेपाली सेनाको हेलीकप्टरमा डोल्पाको सदरमुकाम दुनैमा पुगेर डोल्पा जिल्लाको निर्वाचनको अबस्थाको बिषयमा अनुगमन गर्नु भएको प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले बताउनु भयो । 

डोल्पा जिल्लामा भौगोलीक रुपमा ठुलो र सुरक्षाको समस्या आउने भएको कारण डोल्पा जिल्लाको अबस्था कस्तो रहेको छ र थप के कुराको सहयोग तथा सुधार गर्नु पर्ने छ भन्ने बिषयमा अनुगमन गरेको र शान्त,स्वच्छ,धाँदलि रहित र निश्पक्ष निर्वाचन गराउन प्रमूख जिल्ला अधिकारी,मुख्य निर्वाचन अधिकृत ,निर्वाचन कार्यालय र सुरक्षा निकायलाइ निर्देशन दिएको र आज सम्म सुरक्षा लगायत निर्वाचनका अन्य गतिबिधि राम्रो रहेको  निर्वाचन आयुक्त सुधिर कुमार शाहले बताउनु भयो । 


अनुगमनमा निर्वाचन आयुक्त सुधिर कुमार शाह,क्षेत्रिय प्रशासक बेगेन्द्र शर्मा पौडेल,बाहिनिपति उपरथि पृतनापति शमसेर ठकुराठी र प्रहरि नायव महानिरिक्षक बिजयलाल कायस्थ सहित ४ जनाको निर्वाचन अनुगमन टोलीले डोल्पा जिल्लाको समग्र निर्वाचनको अबस्थाको बिषयमा अनुगमन गरेको गरेको छ । 

डोल्पा जिल्लामा २ नगरपालिका ६ वटा गाँउपालिका र ६६ वटा मतदान केन्द्र रहेको ठाँउमा भौगोलीक बिकटताको कारण सुरक्षा चुनौति रहेको र नेपाल प्रहरी,म्यादि प्रहरि,शसस्त्र प्रहरि र नेपाली सेनाहरुको मजबुद्धी रहेको कारण सुरक्षा प्रभाबकारि हुनेमा ढुक्क हुन अनुगमन टोलीले जनतलाइ आग्रह समेत गरेको छ । निर्वाचन अनुगमन टोली आजै डोल्पाबाट जुम्ला,कालिकोटको अनुगमन गरि सुर्खेत मुकाम हुने प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले जानकारि दिनु भएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!