डोल्पाका ५६ वटा मदतान केन्द्रमा सुरक्षाकर्मी खटाइयो

Posted on: 07 May, 2017


टेक शाही/बैशाख २४, डोल्पा । डोल्पा जिल्लाका कुल ६६ वटा मतदान केन्द्र मध्य ५६ वटा मतदान केन्द्रमा सुरक्षा कर्मि आइतबार देखि परिचालन गरिएको छ । 

शे–फोक्सुण्डो गाँउपालिका बाहेक अन्य २ नगरपालिका र ५ गाँउपालिकाका ५६ वटा मतदान केन्द्रमा सुरक्षा कर्मि खटाएको प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले बताउनु भयो । 

शे–फोक्सुण्डो गाँउपालिकामा १० वटा मतदान केन्द्र रहेको र उक्त गाउँपालिकामा सबै पदमा निबिरोध चयन भए पछि बाँकी ५६ वटामा सुरक्षा कर्मि खटाइएको छ । 

एक मतदान केन्द्रमा अलि सम्बेदनशिल केन्द्रमा ५ जान म्यादी सहति १२ जना र समान्य केन्द्रमा ४ जना म्यादि प्रहरि सहित १० देखि १२ जना सम्म नेपाल प्रहरि परिचालन हुने प्रहरि नायव उपरिक्षक सुमित खड्गाले जानकारि दिनु भयो । 

माथिल्लो डोल्पाका २ गाँउपालिका र तल्लो डोल्पाका ३ गाँउपालिका लगायत २ नगरपालिकामा प्रहरि परिचालन गरि सकिएको छ । बैशाख ३१ मा हुने स्थानिय निकायको निर्वाचनमा प्रत्यक मतदान केन्द्रमा ३ वटा सुरक्षा घेरमा निर्वाचन हुने भएको छ । पहिलो घेरामा नेपाल प्रहरि, दोस्रो घेरामा शसस्त्र प्रहरि बल र तेस्रो घेरामा नेपाली सेना रहनेछन । 

डोल्पा जिल्लाका कुनै पनि मतदान केन्द्र र गाउपालिका नगरपालिकाहरु अति सम्बेदनशिल अबस्थामा नँरहेको प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले जानकारि दिनु भयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!