३९ वटा बिरुवा लगाएर कम्यूनिष्टका सस्थापक पुष्पलालको ३९ औँ स्मृति दिवस मनाइयो

Posted on: 23 Jul, 2017


टेक शाही | साउन ८, डोल्पा | नेपालमा कम्यूनिष्टको स्थापना गर्ने जननायक पष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवस ३९ वटा विरुवा लगाएर मनाइएको छ । नेपाल बुद्धीजिवी परिषद डोल्पाको आयोजनामा दूनै हरियालिमा २० वटा बकाइनो र १९ वटा डालेघाँसका  बिरुवा लगाएर स्मृति विसब मनाएको हो । 

नेपाल बुद्धीजिवी परिषद डोल्पाको आयोजनामा नेकपा एमाले निकट सम्पूर्ण भातृ सँगठनका पदाधिकारि र दुनै हारियालि परिवारद्धारा दूनै हरियालिमा बिरुवा लागाएर जननायक पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवस मनाइएको नेपाल बुद्धिजीवि परिषद डोल्पाका अध्यक्ष आङ बहादुर लामाले बताए । 


दुनै हरियालिमा ३९ वटा बिरुवा लगाए पछि ठुलो सँख्यामा उपस्थित भएका स्मृति दिवसका सहभागिले पुष्पलालको तस्वीरमा अबिर,फुलमाला र राइकाले माल्र्यापण गरि कम्यूनिष्ठका सँस्थापक पुष्पलाललाइ स्मरण गरेका थिए । एक जननायकको स्मृतिमा बिरुवा लगाइ मनाउन पाउनू पुण्याको काम गरेको दुनै हरियालि परिवारका सल्लाह्कार सुरेन्द्र ढकालले बताए । 

दूनै हरियालि परिवारले सुख्खा पाखामा २०७२ साल आषाढ महिना देखि बिभिन्न जातका बिरुवा लगाउन सूरु गरेको हो । हाल हरियालिमा बिभिन्न जातका २ सय वटा बिरुवा हुर्केका छन । कोहि ब्यक्तिको जन्मीदा या मृत्यू पछिको स्मृतिमा हरियालीमा बिरुवा लगाएर पुण्याको काम गर्ने गरेको दुनै हरियालिका अर्का सल्लाह्कार हँश बहादुर शाहीले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!