डोल्पामा हर्स र उल्लासमा मनोनयन दर्ता सम्पन्न, ११ जना मात्र उम्मेद्वार

Posted on: 22 Oct, 2017

टेक शाही | कात्तिक ५, डोल्पा | आगामि मंसिर १० मा हुन गईरहेको संघ र प्रदेशको चुनावका लागि डोल्पाका विभिन्न राजनितिक दलहरुले पनि मनोनयन दर्ता सम्पन्न गरेका छन् ।

आईतबार सदरमुकाम दुनै स्थित मुख्य निर्वाचन कार्यालयमा उम्मेद्वारी मनोनयन दर्ता गराएका हुन् ।

नेकपा एमालेको पकट क्षेत्र मानिने डोल्पामा सबैभन्दा पहिले नयाशक्ति नेपालले उम्मेद्वारी दर्ता गराएको थियो ।

नयाँशक्ति नेपालले प्रदेश नं २ बाट पुष्पराज बुढालाई उम्मेद्वार बनाएको छ भने संघ र प्रदेश नं १ बाट भने उम्मेद्वार खडा गरेको छैन् ।

त्यसैगरि राप्रपा प्रजातान्त्रीकबाट निर्वाचन प्रदेश नं १ बाट कर्ण बुढाले उम्मेद्धारी दिएका छन् भने राप्रपा प्रजातान्तीकले संघ र प्रदेश नं २ बाट उम्मेद्वार खडा गरेको छैन् ।हाल सरकारमै रहेको भएपनि काङ्ग्रेस सँग तालमेल गर्ने भन्ने कुरा निश्चित नभएको बताईएको छ ।

त्यसैगरि बामगठबन्धन बाट संघमा एमालेका तर्फबाट पुर्व सांसद धन बहादुर बुढाको उम्मेद्वारी परेको छ । त्यसैगरि प्रदेश सभा निर्वाचन क्षेत्र नं १ बाट एमालेका नन्द सिंह बुढा र क्षेत्र नं २ बाट माओबादी केन्द्रका बिर बहादुर शाहीको उम्मेद्वारी दर्ता गरिएको गठबन्धनले जानकारी दिएको छ ।


माओबादी केन्द्र र एमालेको गठबन्धन अनुसार प्रतिनिधि सभा र निर्वाचन क्षेत्र नं १ बाट माओबादी केन्द्रले उम्मेद्वारी दर्ता गराउने छैन भने सहमति अनुसार प्रदेश नं २ बाट एमाले उम्मेद्वारी दर्ता नगराउने भएको छ ।

डोल्पामा पनि बामगठबन्धनले बाजा गाजा सहित दुनै बजार परिक्रमा गरेर मुख्य निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता गराएको थियो ।

त्यसैगरि नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधि सभाकालागि जिल्ला पार्टी सभापती अंगत कुमार बु्ढाले उम्मेद्वारी दर्ता गराएका छन् भने प्रदेश क्षेत्र नं १ बाट बेगम सिंह ठकुरी र क्षेत्र नं २ बाट शुरेस शाहीले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।काङ्ग्रेसले पनि बाजागाजा सहित बजार परिक्रमा गरेर उम्मेद्वारी दर्ता गराएको थियो ।

प्रतिनिधि सभामा मालेबाट हर्क बहादुर ठकुल्लाले उम्मेद्वारी दिएका छन भने प्रदेश सभामा कुनै पनि उम्मेद्वारी नदिएको मालेले जानकारि दिएको छ । 

मँसिर १० मा हुने निर्वाचनका लागि २ वटा प्रतिनिधि सभा र ७ वटा प्रदेश सभाको लागि उम्मेद्धारि दर्ता भएको मूख्य निर्वाचन अधिकृत रमेश ज्ञवालीले जानकारि दिए । उनले भने निर्वाचन प्रदेश नं १ बाट जगत बहादुर कठायत र प्रदेश नं २ बाट जय बहादुर डासलले स्वतन्त्रबाट उम्मेदारी दिएको बताए । 

जम्मा गरेर डोल्पा जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा गरि ११ जनाको उम्मेद्वारि परेको छ । बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म समय भए पनि ५ बजे भन्दा पहिले नै मनोनयनको काम सकिएको जिल्ला निर्वाचन कार्यालयले जानकारि दिएको छ । 

हर्स,उल्लास र शान्तिपुर्ण तरिकाले मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको मुख्य निर्वाचन कार्यालयले जानकारि दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!