नेपाल कम्युनिष्ट पार्टीका डोल्पा जिल्ला सदस्य पक्राउ

Posted on: 20 Feb, 2018

टेकबहादुर शाही/फागुन ८, डोल्पा । बिप्लब माओबादीका डोल्पा जिल्ला सदस्य गोकर्ण थापा पक्राउ परेकाछन् । 

मंगलबार बिहान सदरमुकाम दुनैबाट थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारि दिएको छ ।

थापालाई बिप्लब माओबादीले आज गर्ने भनेको नेपाल बन्दमा सक्रिय हुनसक्ने भएकोले पक्राउ गरिएको प्रहरिले जानकारि दिएको छ । 

बन्द गर्ने कार्यक्रम बनाएका बिव्लपका कार्यकर्ताहरुले सरकारी सम्पती माथि हानि नोक्सानी पु¥याउनसक्ने योजना भएको बिशेष सुत्रबाट पत्तालागेकाले उनलाई पक्राउ गरिएको जिप्रका डोल्पाका प्रहरी नायव उपरिक्षक हरी प्रसाद शर्माले जानकारी दिए ।

थापाको अनुसन्धान भईरहेकाले भोलीनै रिहाई गर्छौ भनेर भन्न नसक्ने शर्माले बताए । बन्दको कुनै प्रभाव भने परेको छैन सुरक्षा कडाइ गरिएको प्रहरिले जानकारी दिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!