डोल्पामा १५ प्रतिशत बालबालिका कुपोषित भएको तथ्याकँ सार्वजानिक

Posted on: 25 Apr, 2017

टेक शाही | बैशाख ११, डोल्पा | डोल्पामा १५ प्रतिशत बालबालिका कुपोषित रहेको तथ्याकँ सार्वजानिक भएको छ । बहु क्षेत्रिय पोषण कार्यक्रमले गरेको समिक्षा बैठकमा यस्तो तथ्याकँ सार्वजानिक गरिएको हो । कुल १५ प्रतिशत मध्य ४ प्रतिशत सिघ्र कुपोषित र ११ प्रतिशत न्युन कुपोषित रहेको जानकारि गराइएको थियो । 

बहु क्षत्रिय पोषण कार्यक्रम जिल्ला समन्य समितिको कार्यलय मार्फत जिल्लाका अन्य सरोकारवाला निकायसँग समन्य गरि जिल्लाका ५ वटा गाविसमा काम गरि रहेको छ । बहु क्षेत्रिय कुपोषण कार्यक्रम हाल साविकका गाविसहरु शहरतारा,माझफाल,सूँ,त्रिपूराकोट र सर्मि गाविस रहेका छन । उक्त गाविसहरुमा जिल्ला कृषि बिकास कार्यालय,जिल्ला पशु सेवा कार्यालय,जिल्ला स्वास्थ्य कार्यालय,महिला तथा बालबालिका कार्यालय,जिल्ला खानेपानि तथा सरसफाइ कार्यालय र जिल्ला समन्व समिति गरि बिभिन्न सरकारी कार्यालहरुसँग समन्वय गरेर काम गरि रहेको छ । 

यो कार्यक्रमको मुख्य ृउद्धेस्य भनेको सुनौला हजार दिनका आमा तथा घरपरिवारको पहिचान गरि बालबालिकाहरुलाइ कुपोषण हुनबाट बचाउन र स्वस्थ समाज तथा परिवारको निमार्ण गर्नु रहेको छ । ग्रामिण स्तर सम्म कार्यक्रमले पहुच पुर्याउनु पर्ने र सबै भन्दा पहिले सुनौला हजार दिनका आमा तथा परिवारको यकिन तथ्याकँ सँकलन गरि सानो क्षेत्रबाट कार्यक्रमको प्रतिफल निकाल्न प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले जोड दिनु भयो । 

कार्यक्रमको समापन गर्दै जिल्ला समन्वय समितिका सचिव सागर मिश्रले बच्चाहरुको जिद्धी पनले पनि जगँ फुड धेरै प्रयोग हुने गरेको र बालबालिकाको स्वास्थ्यको अबस्था हेरेर सबै प्रकारका पौषिटक आहार खुवानु पर्ने बताउनु भयो । कार्यक्रममा आगामि बर्षमा कार्यक्रम कसरि लैजाने र सुधार तथा चुनौतिका बिषयमा छलफल गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!