मतदाता शिक्षा तल्लो डोल्पामा प्रभाबकारी हुँदै, माथिल्लो डोल्पामा भाषाको समस्या

Posted on: 14 Nov, 2017

टेक शाही/कात्तिक २८, डोल्पा । मँसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि डोल्पामा मतदाता शिक्षा कार्यक्रम तिव्र रुपमा अगाडि बढि रहेको छ । 

कुल ६५ वटा वडा र ६६ वटा मतदान केन्द्र रहेको यस जिल्लामा प्रत्यक मतदान केन्द्रमा एक जना मतदाता शिक्षा कार्यकर्ताहरु खटाइएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ । 


आईतबार जिल्लाका सामाजिक परिचालक,प्रारम्भीक बालबिकास केन्द्रका सहजकर्ताहरु र एक जना महिला स्वास्थ्य स्वयमसेबिका सहित ६६ जना निर्वाचन शिक्षा कार्यकताहरुलाइ प्रशिक्षण दिएर गाँउगाँउमा परिचालन गरिएको मूख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश रमेश कुमार ज्ञवालीले जानकारि दिए । उनले भने केहि समय ढिला भए पनि मतदाता शिक्षाको काम तिव्र रुपमा हुदै गरेकोले जति सक्दो मत बदरको सँख्या कम हुने दावी गरे । 

तल्लो डोल्पामा खटिने मतदाता शिक्षा कार्यकर्ताहरुका लागि कुनै पनि समस्या नहुने र माथिल्लो डोल्पामा भाषाको समस्या रहेको जिल्ला  निर्वाचन अधिकृत बिक्रम गिरीले जानकारि दिए । उनका अनुसार नेपाली भाष नँबुझने भएकोले सकेसम्म माथिल्लो डोल्पामा यस पालि त्यस क्षेत्रका स्थानिय मतदाता शिक्षा कार्यकर्ता नै परिचालित गरेको बताए ।  


माथिल्लो डोल्पामा अधिकाँश मतदाताले नेपाली भाषा प्रष्ट बुझन नसक्ने र मतदाता शिक्षा कार्यकर्ताले मतदातालाइ उनिहरुको स्थानिय भाषामा बुझाउन नसक्ने भएको कारण केहि समस्या आउने देखिएको छ । 

धेरै ठाँउमा स्थानिय नै भए पनि केहि ठाँउमा त्यस्तो समस्या आउने निर्वाचन कार्यालयले जनाएको छ । सामान्य समस्या भए पनि अन्य शिक्षक तथा नेपाली भाषा बोल्ने स्थानिय अगुवा तथा यूवाहरुले त्यसमा सहयोग गर्ने डोल्पोबुद्ध गाँउपालिकाका वडा अध्यक्ष ग्यालबो भोटे थापाले बताए । उनका अनुसार उम्मेद्धारका कार्यकर्ताहरुले पनि मतदाता शिक्षामा भुमिका निर्वाह गर्ने बताए । 

भौगोकिलक रुपमा ठुलो भएको कारण डोल्पा जिल्लामा निर्वाचनका सबै काममा समस्या हुने गर्दछ । यो निर्वानच मँसिरको जाडोमा पर्ने भएको र मतदाता शिक्षा ढिला भएको कारण मतदाताले भने जस्तो शिक्षा पाउन नसक्ने आकलन धेरैको छ । 


मतदाताहरु भन्छन प्रत्यक्ष मतपत्र भन्दा पनि समानुपातिक मतपत्रमा कठिन हुने बताउछन । डोल्पाबाट जम्मा प्रत्यक्षमा प्रतिनिधिसभामा ३ जना र प्रदेशसभा निर्वाचन क्षेत्र क र ख बाट गरि ६ जना गरि जम्मा ९ जना उम्मेद्धार रहेका छन । 

तर समानुपातिकमा भने देशै भरका पार्टिका चिन्ह् भएका मतपत्र हुने र एकै मतपत्रमा २ तहको हुने भएको कारण मतदाताहरु समानुपातिक मत बदरमा पर्ने छन । यता निर्वाचन शिक्षा कार्यकताहरु गाँउगाँउमा नमुना मतपत्र बोकेर घरघर उम्मेद्धार जस्तै गरि मतदाता शिक्षामा लागि रहेका छन । मतदाता शिक्षा कार्यकर्ताले कुनै दलको पक्षमा शिक्षा दिन पाउने छैनन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!