पूर्ण सरसफाइ नहुँदा फोहोरको ड्ङगुर बन्दै डोल्पा

Posted on: 29 Dec, 2017

टेक शाही | पुस १४, डोल्पा| (सास) | कर्णालीको तेस्रो र नेपालकै ४२ औँ जिल्लाको रुपमा डोल्पा जिल्ला खुला दिशामूक्त जिल्ला घोषणा भै सकेको छ । गएको कार्तिक ९ गते डोल्पा जिल्लाइ नेपालकै ४२ औँ जिल्लाको रुपमा खुला दिशामूक्त जिल्ला घोषणा गरिएको हो । 

सन २०१७ भित्र नेपाललाइ खला दिशामूक्त देश घोषणा गर्ने लक्ष्य अनरुप डोल्पा जिल्लालाइ पनि हतार मै घोषणा गरियो । जिल्लालाइ खुला दिशामूक्त घोषणा गर्ने बेलामा पूर्ण सरसफाइका कामहरु तिव्र पार्ने भन्दै घोषणा गरिए पनि २ महिना बिति सक्दा पनि पूर्ण सरसफाइका कुनै पनि क्रियाकलापहरु हुन सकेका छैनन । 


जिल्ला खुला दिशामुक्त घोषणा पछि पूर्ण सरसफाइका क्रियाकलापहरु नभए पछि यति बेला डोल्पाको सदरमुकाम फोहोरको ड्ङगुर भएको छ । भेरि नदिको किनारमा रहेको सदरमुकाम दुनैमा बाक्लो बस्तिको ढल भेरिमा मिसाउने गरे पछि भेरि पूरै दुर्गन्धीत भएको स्थानिय अर्जुन हिराचन बताउछन । उनका अनुसार जिल्ला खानेपनि सरसफाइ तथा स्वच्छता समन्वय समितिले हतार मै घोषणा ग¥यो दुनै बजार र भेरिको अबस्था झन फोहोरले  ड्ङगुर हुदै गएको बताए । 

साघुरो बजार र होटेल,किराना पसल र फेन्सी पसलबाट दैनिक सयौं केजि फोहोर भरिमा फाल्ने गर्दा भेरि नदि झनै फोहोरको ड्ङगुर भएको योगेन्द्र बुढाले बताए । उनका अनुसार बजार तथा होटेलबाट निष्कने फोहोर ब्वस्थपनको लागि स्थानिय सरकारले फोहोर ब्यवस्थापन केन्द्रको ब्यवस्था गर्नु पर्ने सझाब दिए । उनि भन्छन भेरिमा फोहोर फाल्नु बाध्यता हो फोहोर ब्वस्थापन सम्बन्धीत निकायले गर्न आवस्यक छ । 


सदरमुकम दुनैमा नै ४० भन्दा धेरै घरले भेरिमा सौचालयको ढल मिसाएका छन । पूर्ण सरसफाइका क्रियाकलाप कहिलेबाट हन्छन त भन्नेर जिल्ला खोनी सरफाइ तथा स्वच्छता समन्वय समितिलाइ बुझदा स्थानिय सरकारले गर्ने हो भन्ने जवाफ दिन्छ । तर उता स्थानिय तहमा भने कर्मचारि बिहिन भए पछि कस्ले जवाफ दिने र कस्ले कार्यान्वयन गर्ने भन्ने कुनै पनि टुङगो छैन । 

सदरमुकामकै अबस्था दयनिय भए पछि गाँउगाँउको अबस्था झन भन्न नसकिने अबस्थामा रहेको नागरिकहरु बताउछन । स्वास्थ्य तथा सरसफाइ क्षेत्रमा काम गर्ने दर्जनौ संघसँस्था र सरकारी निकाय भए पनि डोल्पाको अबस्था सरसफाइमा जिल्ला खुला दिशामूक्त पछि झनै खस्किदै गएको बुद्धिजीविहरु बताउछन । 

साबिकको २३ गाविस र हालको २ नगरपालिका र ६ गाँउपालिका गरि ८ वटा स्थानीय तह रहेको डोल्पा जिल्लामा सरसफाइको अबस्था निकै कम्जोर अबस्थामा रहेको पाइन्छ । खुला दिशामूक्त जिल्ला घोषणा गर्नको लागि मापदण्ड पूरा नभएको भनेर स्थानीयहरुले बिरोध गर्दैगर्दा पनि (डिवाससीसी)ले कार्तिक ९ मा घोषणा गरेको थियो । 


भौगोलिक रुपमा ठुलो जिल्ला डोल्पामा अहिले पनि करिव ३० प्रतिशत घरमा सौचालय छैनन । त्यसै गरि करिव २० प्रतिशतले भएका सौचालय पनि प्रयोग गर्दैनन र बाकी घरधुरिले चर्पि प्रयोग गरे पनि ब्यवस्थित सौचालय भने छैनन । 

सौचालय बनाउन अल्छी गर्ने अरुको सौचालय प्रयोग गर्ने अधिकाँश नेपाल सरकारका कर्मचारिहरु नै रहेको जिल्लामा काम गर्ने गैर सरकारि कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सर्वसाधारण नागरिकले सौचालय निमार्ण गरेका छन र धेरै जसो प्रयोगमा पनि छन । तर धनि बर्गमा गनिने र कर्मचारि वर्गका ब्यक्तिको घरमा सौचालय छैन र भएका पनि ब्यवस्थित छैनन । 

सदरमुकाम दुनैमा पनि अधिकांश धनि र कर्मचारिहरुका घरबाट नै भेरिमा सौचालयका ढल मिसाएको (डिवाससीसी)ले जानकारि गारएको छ । एक बर्षमा बजारको छेउमै बगेको भेरि नदिको पानि अञ्जुली हालेर खाने बनाउने प्रतिबद्धता जनाएका ठुलीभेरि नगरपालिकाका उपप्रमुख योगेन्द्र बहादुर शाही आफै गुमनाम भएका छन । स्थानीय तहले सुन्दर सदरमुकाम दुनै बनाउने र पर्यटकको गन्तब्य बनाउने भने पनि स्थानीय तह नै सुस्ताए पछि भेरि नदिले फोहोरको ड्ङगुर भएर थेगी रहेको छ । 

जिल्लामा अहिले पनि हेर्ने हो भने सौचालय नबनाएका अधिकांश दलित घरपरिवार नै भएको पाइन्छ । २०६५ बाट डोल्पा जिल्लाका गाविसहरु खुला दिशामुक्त घोषणा गर्न लागेको भए पनि दलित परिवारमा नै धेरै सौचालय निमार्णमा समस्या भएको किर्डाक नेपाल डोल्पाका संयोजक सुरेन्द्र ढकालले बताए । उनका अनुसार सरकारले बिभिन्न खाले अनुदान दिएको भए पनि जग्गाको अभाव र सौचालय निमार्णको लागि आर्थिक अभाबको कारण पहिलो भएको बताए । 

डोल्पा जिल्लाका सबै गाँउ तथा बस्तिहरुमा सौचालय निमार्ण भएका तर पानिको अभावको कारण सौचालय प्रयोग नहुने गरेको नेपाल पत्रकार महासंघ डोल्पाका अध्यक्ष बबिकिशोर गूूरुङले बताए । उनले भने खानेपानि नै छैन अधिकांश बस्तिमा सौचालय प्रयोगको कुरा फरक हो । उनि भन्छन पानि नभएर सौचालय प्रयोग गर्न सकिदैन पहिले एक घर एक धारा हुनु पर्छ । पानि नभएर कुनै पनि सरसफाइका क्रियाकलाप नहुने नागरिकको भनाइ रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!