भारतको महँगो तरकारी र बोइलर मासुको अत्याधिक खपत

Posted on: 03 Jan, 2018

टेक शाही/पुस १९, डोल्पा  । नेपालको उत्तरी तथा हिमाली क्षेत्रमा पर्ने डोल्पा जिल्लामा भारतको महगो तरकारी र बोइलर मासुको अत्याधिक मात्रामा खपत हुने गरेको छ । दैनिक ३ सय केजी बोइलरको मासु खपत हुने गरेको पाइएको छ । 

डोल्पाको सदरमुकाम दुनैमा मात्र जिल्ला पशु सेवा कार्यालयबाट अनुमति पाएका ७ वटा फ्रेस हाउस रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमूख बरिष्ठ पशु चिकित्सक चन्द्रदलाल धरालाले जानकारि दिए । उनका अनुसार केहिले अझै अनुमति नलिएको र अब तत्काल अनुमती नलिनेलाइ कारवाही गरिने पनि बताए । 


दुनै बजारमा दर्ता भएका र नभएका गरि ९ वटा बोइलरको मासु बिक्री गर्ने फ्रेस हाउस रहेका छन । नेपालगञ्जामा २ सय ९० रुपैया केजी पर्ने बोइलरको मासु डोल्पा सम्म पुग्दा प्रति केजी ५ सय रुपैया पर्ने मासु बितरक भरत खड्गाले जानकारि दिए । उनका अनुसार जहाज भाडा प्रति केजी १ सय १० जुफालबाट दुनै सम्म गाडिको भाडा १६ रुपैया प्रति केजी रिक्सा भाडा र मासु प्याक गरेको कार्टून ४ सय रुपैया गरि ४ सय २० मा बोइलरको मासु नेपालगञ्जबाट डोल्पा आइपुग्ने बताए । 

डोल्पाको दुनैमा मात्र होइन जुफाल,त्रिपूराकोट र लिकु जस्ता ग्रामिण बजारमा पनि बोइलरको मासु र भारतिय तरकारी बिक्री हुने गर्दछ । एकै दिनमा १० केजी देखी ५० केजी सम्म बोइलरको मासु बिक्री हुने गरेको रोयल फ्रेस हाउसका संचालक नन्दरामा ऐरिले बताए । 

नेपालगञ्जबाट उपभोक्ताले खान मिल्ने मासु आउछकी आउदैन भन्ने कुराको भने कसैलाइ पनि जानकारि छैन । जिल्ला पशु सेवा कार्यालय डोल्पामा बुझदा नेपालगञ्जमा क्वारेण्टाइन हुने र प्रहरि र पशु सेवा कार्यालयल हेर्ने बताउछन । तर यता नागरिकहरु हप्तौ दिनको मासु बिना चेकजांच डोल्पा,हुम्ला,मुगु जस्ता हिमाली जिल्लामा पठाउने गरेको बताउछन । 


हिमाली जिल्ला भएको कारण मासु जन्य बस्तुको उत्पादन कम हुने र मासुको माग बढ्दो भएको कारण पनि बोइलर उपभोक्ताको रोजाइमा पर्ने गरेको होटेल ब्यावसायिहरु बताउछन । बजरमा मात्र नभएर गाँउगाँउमा बोइलर मासु पुग्नुको कारण जिल्लामा मासुजन्य बस्तुतको उत्पादनको कमिले भएको बिज्ञहरु बताउछन । 

महगो भारतीय तरकारी

भारतमा उत्पादन भएको तरकारी डोल्पामा पुग्ने गरेको छ । महगो भारतिय तरकारीले डोल्पाका गाँउगाउ सम्म बजार पाएको छ । भारतको हिमाञ्चल प्रदेशमा उत्पादन भएको तरकारी र फलफूलले डोल्पाका साना ठुला बजारहरुमा राम्रै बजार पाएको ब्यापारिहरु बताउछन । सदरमुकाम दुनै लगायत जिल्लाका अरु साना बजारहरुमा हिउदको सख्खा सिजनमा पनि हरिया तरकारी र पहेला फलफुलहरु प्रसस्त रुपमा पाइन्छन । 

यति बेला डोल्पा जिल्लामा प्याज,लसुन,अदुवा,गोलभेडा,खुर्सानी,भिण्डी,तितेकरेला प्रति केजी ३ सय रुपैयामा बिक्री हुने गर्दछ । त्यसै गरि क्याप्सीकम २ सय ८०,सिमी २ सय ६० रुपैयामा बिक्री हुने गरेको तरकारी तथा फलफूल बिक्रि गर्दै आएका ब्यापारि सरोज आचार्यले जानकारि दिए । उनका अनुसार भनेको समयमा नआउने र हिउदे सिजन भएको कारण पनि महगो हुन जाने बताए । 

फलफूलहरुमा अनार ४ सय रुपैया प्रति केजी,सुन्तला ३ सय प्रति केजी र प्रतिवटाको ३० रुपैया पर्ने गरेको अर्का ब्यापारि सन्तोष गुप्ताले जानकारि दिए । उनले भने केरा प्रति गोटा ३० रुपैया र प्रति केजी ३ सय नै पर्ने बताए । 


दर्जनको ८० रुपैयमा पाइने केरा र प्रति केजी ५० मा पाइने हरियो खुर्सानी डोल्पाका बजारमा आएर प्रति केजी ३ सय रुपैयामा बिक्री हुने गर्दछ । अन्य दैनिक उपभोग्य बस्तुहरुमा उद्योग बाणिज्य संघले मुल्य निर्धारण गरेको भए पनि यसरि हिउदमा तराइबाट ल्याएर बिक्री हुने तरकारी र फलफूलहरुको भने मुल्य निर्धारण गरेको पाइदैन । त्यसै कारण ब्यापारिले मन परि मुल्य गरि बिक्रि गर्ने गरेको नागरिकको गुनासो रहेको छ । 

हरियो साग रायो,भाजी,बन्दा र काउली मात्र डोल्पामा उत्पादन हुने गर्दछ । अण्डा प्रति क्यारेट ६ सय ५० र माछा मासु ५ सय रुपैयामा बिक्री हुने गर्दछ । त्यसै गरि ,बोइलर मासु,ततरकारी र फलफूलहरु सबैं नेपालगञ्ज र सुर्खेतबाट डोल्पामा आयात गर्ने गरिन्छ । तरकारी र मासु मात्र होइन दैनिक उपभोग्य सबै डोल्पाका जनताले शहर क्षेत्रमा भर पर्नू पर्ने बाध्यता रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!