गर्भवती उपप्रमुख रोकायालाई हेलिकप्टरबाट यसरी उद्धार गरियो

Posted on: 21 Jan, 2018

टेकबहादुर शाही/माघ ७, डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिकाकी उपप्रमुख सबिता रोकायालाइ हेलिकप्टरबाट उद्धार गरिएको छ । 

गर्भवती रहेकी मुड्केचुला गाँउपालिकाकी उपप्रमुख रोकायालाइ उच्च रक्तश्राव भए पछि हेलिकप्टरबाट उपचारको लागि पोखरा लगिएको हो । 


माघको २७ गते गर्भवती हुने मिति डक्टरले दिए पनि उनको बच्चा जन्मीएन र झनै रगत बगे पछि आफन्तले ५ लाखमा हेलिकप्टर रिर्जव गरेर उपचार गरेका उनका आफन्त योगेन्द्र बुढाले जानकारि दिए । 

उच्चरक्तश्राव भए पछि गर्भवती आमाको अबस्था झनै जोखिम हुने खतार बढेपछि तत्तकाल थपउपचारको लागि पोखराको मनिपाल अस्पतालमा लिए पनि आमा बाचिन तर उनकी छोरी भने बचाउन नसकिएको आफन्त योगेन्द्र बुढाले जानकारि दिए । 

केहि दिन देखि उपप्रमुख रोकायाको रक्तसश्राब भइ रहेको थियो । एकाएक रक्तश्राव भए पछि आफन्तहरुले तत्काल हेलिकप्टर मगाएर पोखरा लगेका हुन । प्रभाकारि सेवा प्रदान गर्ने स्वास्थ्य सँस्थामा नभएको कारण यस्तो समस्या आएको स्थानीयहरुले बताएका छन । 

स्वास्थ्य सस्थाको समस्या र उपचार गर्ने कुनै पनि बिकल्प नहुदा डोल्पका महिलाहरुले हरेक बर्ष भर्गवती हुन नसकेरै ज्यान गुमाउनु परेको उनका आफन्तहरु बताउछन । हाल उपप्रमुख सबिता रोकायाको स्वास्थ्य अबस्था राम्रो रहेको पनि परिवार स्रोतले जानको छ । 

डोल्पा जिल्लामा एकमात्र जिल्ला अस्पतालमा डक्टरहरु बस्ने गर्दछन भने अन्य सबै स्वास्थ्यचौकिमा अहेब र एनएम मात्र बस्ने गर्दछन । समायमा चेकजांच गराए पनि प्रसुतु हुन नसके पछि सल्यक्रिया गर्नको लागि भने जिल्ला अस्पताल बाहेक अन्यत्र कतै पनि सेवा छैन । हरेक बर्ष डोल्पाबाट प्रसुति हुन नसकेका महिलाहरुलाइ निजि खर्चबाट हेलिकप्टरबाट नेपालगञ्ज,सुर्खेत,पोखरा र काठमाण्डौमा लैजाने गर्दछन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!