डोल्पामा यात्रुवाहक जीप दुर्घटनाग्रस्त: १० जनाको मृत्यु, २ जनाको जिवितै उद्दार

Posted on: 05 Nov, 2018

कार्तिक १९, काठमाडौं । डोल्पाको ठूलीभेरी–९, कालागौंडामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्इ जनाको जीवितै उद्दार गरिएको छ । 

यात्रु लिएर सदरमुकाम दुनैबाट सुपानीतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो ।

कालागौँडा प्रहरी चौकीदेखि ६०० मिटरको दुरीमा जीप दुर्घटना भएको हो । जीपमा १२ जनामात्रै सवार थिए । उद्दार गरिएका दुई घाइते छन् । 

घटनाबारे थप विवरण आउन बाँकी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!