डोटीमा जीप दुर्घटना, ३ जनाको मृत्यू, १६ जना घाइते

Posted on: 21 Apr, 2018

प्रकाश बम | वैशाख ८, डोटी | डोटीको शिखर नगरपालिका–३ आली गाउँमा शनिवार दिउँसो यात्रु बोकेको जीप दुर्घटनामा ३ को मृत्यू घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनमा परी १६ जना घाईते भएका छन् ।

दिपायलबाट शिखर नगरपालिका पर्ने जोरागाउँका लागि हिँडेको शैलेश्वरी यातायातको ग १ ज ५२७५ नम्बरको जीप गाउँ नजिकै खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यू हुनेमा शिखर नगरपालिका–३ जोरगाउँकै ४० बर्षिया खिन्तुरी भूल, ३२ बर्षिया कटी सार्की र १४ बर्षिय बालक सुरज भुलको मृत्यू भएको ईलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

प्रहरी र स्थानीयहरु मिलेर घटनामा उद्धारकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक शिबबहादुर सिंहले जानकारी दिनु दिनुभयो ।

डोटीमा सञ्चालनमा रहेका ग्रामिण सडकमा पछिल्लो समय एक पछि अर्को दुर्घटना घटनाहरु भईरहेको छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!