पत्रकारीतामा महिला पत्रकारको आकर्षण बढ्दै

Posted on: 10 Jun, 2018

प्रकाश बम | जेठ २७, डोटी | ७ नम्बर प्रदेशमा महिला पत्रकारको आकर्षण बढ्दै गएको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मिन बलमे बताउनु भयो । 

आज सिलगढीमा गरीएको सामाजिक सञ्जालको सुरक्षा र बजारीकरण बिषयक कार्यशाला गोष्ठिमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । पछिल्लो समयमा सात नम्बर प्रदेशमा इलेक्ट्रोनि मिडियाको तिव्र विकाससंगै महिला पत्रकारहरुको पत्रकारीतामा आकर्षण बढेको केन्द्रिय सदस्य बमले बताउनु भयो । पछिल्लो समय न्युनतम पारिश्रमिक निर्धारण समितिले सिफारीस गरे अनुसार सेवा सुविधा मिडिया हाउसले उपलब्ध गराउन थालेपछि महिला सङ्ख्या बढ्दै गइरहेको उहाले बताउनु भयो । अहिले समयमा सामाजिक संजालमा फैलिएका बिकृतिलाई न्युनिकरण गर्न र

प्राबिधिक रुपमा जनचेतना फैलाउन यस कार्यक्रमले ठुलो भुमिका रहने सदस्य बमले बताउनु भयो ।

त्यस्तै सोहि कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपलिका निमित्त कार्यकारी निर्देशक भोज राज शर्माले अहिलेको समयमा यस्ता कार्यक्रमले आवश्यक रहेको बताउनु भयो । त्यस्तै कार्यक्रममा दिगो विकासका लागि प्राकृतिक श्रोत संरक्षण केन्द्र नेपाल दाङ जिल्लाका कार्यक्रम संयोजक तथा सचिव नारायण भण्डारीले संस्थाले सुचना प्रविधिमा महिला सहभागिता सम्बन्धि काम गर्दै आई रहेको बताउनु भयो । 


डोटी जिल्लाका बिभिन्न मिडियामा कार्यरत महिला पत्रकार र पदम पव्लीक मुक्ति नायारण उच्च माध्यमिक बिद्यालयमा अध्ययनरत छात्राहरुको सहभागिता रहेको थियो ।

५० जना सहभागि रहेको तालिमको सहजिकरण इन्जिनियर सागर गौलि र सहायक प्रशिक्षक अजय सुनारले गर्नु भएको थियो । दिगो विकासका लागि प्राकृतिक श्रोत संरक्षण केन्द्र नेपाल दाङको आयोजना तथा नेपाल दुरसञ्चारको प्राधिकरण काठमाण्डौ सहयोगमा गरीएको सामाजिक सञ्जालको सुरक्षा र बजारीकरण बिषयक कार्यशाला गोष्ठिको अध्यक्षता भिम खत्रिले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!